Sajhamanch Archive

शिवसताक्षी १० को कनकाईधाममा पार्केटिङ्ग टायल्स लगाईंदै

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधामको बाटोमा पार्केटिङ्ग टायल लगाउन सुरु गरिएको छ ।

वडा नं. १० को कनकाई पुल उत्तर बाटोमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिल्यान्यस गरेपछि पार्केटिङ्ग टायल्स लगाउन सुरु गरिएको हो । उक्त धार्मिक क्षेत्र भित्र पर्ने बाटोमा २१ लाखको लागतमा ३०० मिटर सम्म टायल्स लगाउने काम भइरहेको वडा नं.१० को कार्यालयले जनाएको छ।
शिवसताक्षी नगरपालिकाबाट १० लाख र स्थानीय उपभोक्ताबाट संकलित ११ लाखबाट बाटोको काम सुरु गरिएको वडाध्यक्ष हर्क सिगुले जानकारी दिए । ठुलो बजेटको वडाले गर्न सक्ने भएपछि नगरपालिकाले बाटो निर्माणमा दिएको बजेटलाई उपभोक्ताले चासोका साथ सहयोग गर्दा सडक निर्माण भएको अध्यक्ष सिगुले बताए ।

सडक निर्माणको काम ५० प्रतिशत सकिएको छ भने केही दिनमै पूर्ण रुपमा काम सकिने देखिएको छ । धार्मिक क्षेत्र र मानिसहरुको आवत जावत बढी हुने भएकाले प्राथमिकताको आधारमा उक्त सडकको स्तरोन्नती गरिएको वडा सदस्य कोपिला चिमोरिया मैनालीले जानकारी दिइन् । उनले सडकका लागि नगरपालिकाले दिएको रकममा हामी जनप्रतिनिधि र स्थानीय उपभोक्ताहरुले विकासमा साथ दिँदा २१ लाख बराबारको काम गर्न सफल भएको बताइन् । मैनाली आफैले पनि उक्त बाटोका लागि ५१ सय सहयोग गरेकी छिन् । बाटो निर्माण हुन थालेपछि स्थानीय संघ संस्था र उपभोक्ताहरुले १ हजारदेखि २५ हजारसम्म सहयोग गरेको उनको भनाई छ ।

धार्मिक क्षेत्र भएकाले उक्त क्षेत्रमा पुजा आजाको सामाग्री र विभिन्न ठाउँबाट पुजाका र कनकाई माईमा स्नान गर्न विभिन्न ठाउँबाट भक्तजनरु आउने छन् । बाटो निर्माण भएपछि उक्त क्षेत्रमा आउने भक्तजन र स्थानीयबासीमा पनि सहज हुने भएको छ।

वडा कार्यालयले चालु आर्थिक वर्षको विभिन्न योजनाहरुको ८० प्रतिशत काम सकिएको वडाध्यक्ष हर्क सिगुले जानकारी दिए । उनले भने, अब केही थोरै योजनाहरुको काम सम्पन्न गर्न बाँकी छ । त्यो पनि केही दिन मै सकिन्छ । नगरपालिकाले तोकिएको समयमा नै सम्झौता गरेर काम सुरु गर्दा योजनाका कामहरु समयमा नै सम्पन्न गर्न सहज भएको उनको भनाई थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *