Sajhamanch Archive

एनएमसीद्वारा विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान

Published: (Updated: ) in सहकारी by .

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापाले मंगलबार चारजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाले हरेक वर्ष आफ्ना शेयर सदस्यहरुका छोराछोरी मध्ये एसइइमा सर्वाेत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका २÷२ जनालाई छात्रवृत्ति रकम प्रदान गर्ने गरेको छ ।

सोहि अभियान अन्तर्गत धुलावारीको शाखा कार्यालयमा संस्थाको अतिरिक्त क्रियाकलाप तथा सामुदायिक सरोकार समितिले आयोजना गरेको छात्रावृत्ति वितरण कार्यक्रममा २०७४ सालको एसइइमा सामुदायिक विद्यालयबाट छात्रातर्फ ३ दशमलव ६ जीपीए प्राप्त गर्ने वीर अमरसिह मावि चारपानेकी अनिषा ओली, छात्रतर्फ ३ दशमलव ७ जीपीए प्राप्त गर्ने जनजागृति मावि हल्दिवारीका प्रविन घिमिरे तथा संस्थागत विद्यालयबाट छात्रातर्फ ४ जीपीए प्राप्त गर्ने एभरेष्ट अंग्रेजी बोडिङ स्कुल पथरीकी समिता रिजाल छात्रतर्फ सनसाइन अंग्रेजी बोडिङ स्कुल हल्दीवारी गोलधापका गोपाल पोखरेललाई वितरण गरिएको हो ।

जनही नगद सातहजार रुपैयाँसहित सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मिना पोखरेल उप्रेती, संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, संस्था सञ्चालक सदस्य नारायणप्रसाद कोइराला, अतिरिक्त क्रियाकलाप तथा सामुदायिक सरोकार समितिका संयोजक माधवचन्द्र प्याकुरेललगायतले उनीहरुलाई प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी उपप्रमुख उप्रेतीले स्थानीय सरकारको हैसियतले अब मेचीनगर नगरपालिकाले पनि आफ्ना नगरका प्रतिभाहरुको खोजी गरी उनीहरुलाई अघि बढ्न प्रेरणा प्रदान गर्ने बताईन् । उनले आफुहरुले गर्न बाकी रहेका धेरै काम सहकारीले गरेको भन्दै यस्ता कामले प्रतिभाहरुलाई थप उर्जा मिल्ने बताईन् । नगरले अहिले सहकारी ऐन कानुन निर्धाण गरिसकेको र अब सहकारीविज्ञहरुसँगको छलफलबाट कार्यान्वयनमा ल्याउने बताईन् । उनले नगरमा ७७ वटा सहकारी संस्था रहेको राम्रा काम गर्ने सहकारीलाई स्थानीय सरकारले पुरस्कृत गर्ने बताईन्

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती यस्ता कमले धेरै बालबालिका र नयाँ नयाँ प्रतिभाहरुलाई सहकारी संग जोड्ने र उनीहरुले पनि सहकारीका बारेमा धेरै कुरा बुझ्ने विश्वास व्यक्त गरे । यस्ता प्रतिभाहरुलाई सहकारीमा जोड्न सके सहकारी अभियान मजवुत हुने उनको भनाई छ । सहकारी वलियो भए देशको अर्थतन्त्र समेत वलियो हुने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा पुरस्कृत विद्यार्थीहरुकातर्फबाट गोपाल पोखरेल र प्रविन घिमिरेले बोलेका थिए ।

सामुदायिक सरोकार समितिका संयोजक माधवचन्द्र प्याकुरेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन गोपाल प्याकुरेल र स्वागत सावित्रा दाहालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *