वार्तामा बस्न पल्लो किराँत लिम्बुवान इच्छुक
Published:
by .गौरादह । सरकारसंग वार्ता गर्न आन्दोलनरत पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चले इच्छा जनाएको छ । लिम्बुवानजन्य पार्टी, संगठनहरुसँग सरकारले वार्ता गरिरहेको वेला पूर्वमा आन्दोलनरत मञ्चले इच्छा जनाएको हो ।
आज दमकमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै मञ्चका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद योङयाले सरकारसँग वार्ता गर्न तयार रहेको वताए । ‘ हामी वार्ता विरोधी होइनौ’ अरुणपूर्वका ९ जिल्लालाई लिम्बुवान राज्य प्रस्ताव गरिरहेको पार्टीका अध्यक्ष योङयाले भने,–‘ वार्ताबाट समाधान खोज्न हामी सरकारी वार्ता टोलीसँग संवाद गर्न तयार छौं ।’ तर उनले हाम्रो भूमिकालाई सरकारले कमजोर ठानेको स्पष्ट पारे ।
८५ वर्षीय वृद्ध अध्यक्ष योङयाले वर्तमान सरकार पहिचान विरोधी भएको र त्यसबाट जनता सार्वभौम हुन नसक्ने दावी गरे । पहिचान सुन्न पनि नसक्ने पार्टी सरकारमा छ,त्यस्तो सरकारबाट हामीले उठाएका माग सम्बोधन पूरा होला भन्ने आफूले कल्पना समेत नगरेको उनले बताए ।
मञ्चले अरुण पूर्वका ९ जिल्लालाई आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान राज्यको वकालत गरिआएको छ ।
सरकारले सवै आन्दोलनरत पार्टी,संगठनहरुसँग वार्ता टोली गठन गरि वार्ताबाट नै समस्याको समाधान खोज्न आन्दोलनरत पक्षहरुसंग वार्ता जारी राखेका छन् ।
Comments