Sajhamanch Archive

युवाका लागि आधारभूत पत्रकारिता तालिमको समापन

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दुधेमा सञ्चालित युवाका लागि आधारभूत पत्रकारिता तालिमको शनिबार समापन गरिएको छ ।

साझामञ्च मिडिया प्रालिको आयोजना र शिवसताक्षी नगरपालिकाको वित्तीय सहयोगमा जेठ ९ गतेबाट सञ्चालन गरेको पत्रकारिता तालिमको समापन गरिएको हो ।

तालिमको समापनका क्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले पत्रकारिता तालिम लिएका भाई बहिनीहरुलाई पत्रकारको आचार संहितामा रहेर काम गर्न सुझाए । नगरका सबै वडाबाट तालिममा उपस्थित भएकाहरुलाई नगरपालिकाले गरेको राम्रो कामको प्रसंसा र नराम्रो कामको खबरदारी गरेर अगाडी बढ्न सबैलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ माननीय संसाद राधाकृष्ण खनालले युवा वर्ग पत्रकारितामा चासो दिएर तालिममा भाग लिएकोमा खुसी व्यक्त गरे । उनले सहभागीहरुलाई दृढ लक्ष्य र संकलपका साथ यस क्षेत्रमा लाग्नु पर्ने बताए । सञ्चारको क्षेत्र ठूलो र राज्यका चौथो अंग भएकाले अहिलेको विकृति र विसंगतिलाई न्यायोचित ढंगबाट उठान गरी समाज रुपान्तरणमा भूमिका खेल्ने गरी काम गर्न समेत सुझाएका थिए ।

पाँच दिनको तालिममा उत्साहजन ढंगबाट सहभागीहरु प्रस्तुत भएका थिए । तीन दिनसम्म तालिम लिएका सहभागीहरु चौथो दिन फिल्ड रिर्पोटिङ्गमा नगरका विभिन्न स्थानहरुमा गएर त्यस सम्वन्धी समाचार तयार पारेका छन् । तालिमको पाँचौ दिन उनीहरुले फिल्ड रिपोर्टिङ्गका क्रममा झेल्नु परेका समस्या र समाचारको स्रोत पहिचानको बारेमा सहभागीहरुले अनुभाव सुनाए । उनीहरुले तयार पारेका समाचारहरु क्रमशः अनलाइनहरुपमा प्रकाशन गरिदै लगिने साझा मञ्च मिडिया प्रालिले जनाएको छ ।

तालिममा सहभागी आस्मिका निरौलाले तालिमबाट धेरै कुरा सिक्न पाएको बताइन् । पत्रकारको रुपमा समाचार संकलन गरेर रिर्पोट तयार पार्न हामीले सोचे अनुसार रहेनछ । उनले भनिन्ः आफुले सिकेको ज्ञानलाई प्रत्यक्ष रुपमा फिल्ड रिर्पोटिङ्ग गरेर व्यवहारमा उतार्न पाउँदा अत्यन्त खुसी लागेको र उपलब्धी मुलक भएको बताइन् ।

तालिममा शिवसताक्षी नगरपालिकाका सबै वडाबाट ४÷४ जनाले सहभागीता जनाएका थिए । तालिमको सहजीकरण पत्रकार गोपाल काफ्ले, मोहन काजी, भीमा शिवाकोटी र सरोज भट्टराईले गरेका थिए ।तालिमको समापन सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

समापन कार्यक्रममा साझामञ्च मिडिया प्रालिका अध्यक्ष तथा प्रदेश संसाद एकराज कार्कीको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन पत्रकार गोपाल काफ्लेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *