Sajhamanch Archive

भेट्रानको उपाधि शिवसताक्षी ९ र अन्डर फिप्टिनको उपाधि वडा नं. ८ को पोल्टामा

Published: (Updated: ) in खेलकुद, विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको भेट्रान खेलको उपाधि शिवसताक्षी ९ ले उचालेको छ ।

आयोजक केएनके फुटबल क्लबलाई ट्राइबेकरमा हराउँदै वडा न. ९ले उपाधि हात पारेको हो । ट्राइबेकरमा १– ३ गोल अन्तरले वडा नं. ९ ले उपाधि आफ्नो पोल्टामा सफल भयो । योसँगै वडा नं. ९ ले नगद ४१ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यस्तै उपविजेता बनेको आयोजक केएनके फुटबल क्लबले २६ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
भेट्रान तर्फको वेष्ट गोल किम्पर वडा नं. ९ का मोहन कुमार लिम्बु (जोन), वेष्ट डिफेन्डर वडा नं. १० का सुसन श्रेष्ठ, हाई स्कोरर लक्ष्मण अधिकारी, पिल्यर अफ दी टुर्नामेन्ड वडा नं. ९ का खेलाडी विनोद खरेल घोषित भए भने वेष्ट मिडफिल्डर वडा नं. १० का राजेश पराजुली घोषित भए । उनीहरुले नगद सहित ट्रफि प्राप्त गरे ।

त्यस्तै अन्डर फिप्टिन फुटबल प्रतियोगिताको उपाधि वडा नं. ८ ले चुमेको छ । वडा १ लाई सडन डेथमा हराउँदै वडा नं. ८ ले उपाधि चुमेको हो ।
उपाधि चुमे सँगै वडा नं. ८ ले नगद २१ हजार सहित ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ , उप विजेता बनेको वडा नं. १ ले १५ नगद सहित ट्रफि, नगद र प्रमाण पत्र प्राप्त गरेको छ ।

उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नगरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राई, वडाध्यक्ष डिल्ली लाल फेम्बु, हर्क सिगु लगायतले ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा दुवै विधाका १०÷१० टिमले सहभागीता जनाएका थिए । प्रतियोगिता केएनके खेल मैदान माइधारमा सञ्चालन भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *