Sajhamanch Archive

शिवसताक्षी ८ का विपन्न दलित विद्यार्थीलाई विद्यालय पोशाक वितरण

Published: in विविधा by .

शिवसताक्षी । शिवसताक्षीमा रहेको दलित अधिकार समन्वय नगर समितिले विपन्न दलित बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।

शिवसताक्षी ८ स्थित झिलmिभले माविमा एक कार्यक्रमको आयोजना गरी वडाका ४ सामुदायिक विद्यालयका ३५ जना विपन्न दलित विपन्न दलित विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको दलित अधिकार सम्वन्य समितिका अध्यक्ष खगेन्द्र लम्जेलले जानकारी दिए ।

त्यस्तै वडा नं. ८का २५ जना असल आमा, एकल महिला, ज्येष्ठ नागरिक तथा पुख्यौली पेशामा कर्मीहरुलाई समेत सम्मान गरिएको हो । उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले सम्मान गरेकी थिइन् ।

त्यस्तैगरी नगरका सबै वडाहरुबाट १÷१ जना सहभागी हुने गरी रोजगार मुलक कुक वेटर तालिम समेतको उद्घाटन गरिएको हो ।

शिवसतक्षी नगरपालिकाको वित्तीय सहयोगमा कार्यक्रम सञ्चालन गरिएको बताइएको छ। कार्यक्रममा शिवसताक्षी नगरपालिका र वडा नं. ८को कार्यालयलाई समेत सम्मान गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *