Sajhamanch Archive

प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकद्धारा गोली हानी हत्या

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । अफगानिस्तानको कंधार प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका छन् । हत्याको जिम्मेदारी तालिवानले लिएको छ ।

तालिवानले यो हमलामा आफुहरुले अमेरिकी कमान्डर जनरल स्कट मिलरलाई पनि निशाना बनाएको तर उनी बाँच्न सफल भएको जनाएको छ ।

आक्रमणमा परि स्थानीय खुफिया प्रमुख पनि मारिएका छन् । कंधारका गर्भनरसहित अन्य तीन अमेरिकी नागरिक घाइते भएका छन् । तालिवालने एक विज्ञप्ति जारी गर्दै जनरल रजाकलाई बर्बर प्रहरी अधिकारीको संज्ञा दिएको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमले जनाए अनुसार हमलाकारीको पनि मृत्यु भएको छ । जनरल रजाकउपर पछाडिबाट गोली हानिएको थियो । आगामी निर्वाचनलाई लिएर अफगानिस्तानमा सुरक्षा चुनौती बढेको छ ।

तालिवानले निर्वाचनमा भाग नलिन मतदाता र उम्मेदवारहरुलाई चेतावनी दिँदै आएको छ । यो घटनापश्चात मतदाताहरुमा भयको वातावरण सिर्जना भएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *