Sajhamanch Archive

रात्रीकालिन झल्मल्ल दूधे बजार

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । पूर्व पच्चिम राजमार्गसँग जोडिएको शिवसताक्षी नगरपालिकाको दुधे बजार पछिल्लो समय रात्री कालिन पनि झलमल्ल भएको छ ।

बजार विकास समितिले नयाँ नेतृव्व पाएसँगै बजार उज्यालो बनाउने अभियानमा सुरु भएको हो । जसका कारण यहाँका बजारबासीले रातको समयमा सुरक्षित महसुस गर्न थालेका छन् ।

पूर्व पञ्चिम राजमार्ग अन्तर्गत दूधे बजार देखि करिब २२ किलोमिटर दक्षिण भारतको सिमानासम्म दुधे बजारबाटै आवत जावत गर्ने भएकाले दूधे बजार नगरकै मुख्य बजारको रुपमा लिइन्छ । दुधे बजार विकास समिति यस अघि रहेपनि निष्किृय थियो ।

दूधे बजारमा हाल सडक बत्ती जडान गरिएको छ । रातको समयमा व्यापारीहरु र सर्वसाधाणलाई सुरक्षित राख्ने उद्देश्यले सडक बत्ती जडान गरिएको दुधे बजार विकास समितिले जनाएको छ । दुधे बजारको मुख्या स्थानहरुमा लाइट २०० वाटको ५ थान, ५० वाटको ७ थान हेलोजिङ्ग लाइट लगाइएको छ । त्यस्तै दुधे बजार उत्तर दक्षिणको बजार भित्र सडकहरुमा पोल बत्ती जडान गरिएको दुधे बजार विकास समितिले जनाएको छ ।

दुधे बजार विकास समितिका अनुसार  बजार बासी र दाताहरुको सहयोगले  ३ लाख ४ हजार बराबरको सडक बत्ती जडान गरिएको हो ।

शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले हाम्रो नगर उज्यालो सहर अन्तर्गत आगामी वर्षमा शिवसताक्षीका मुख्य सडकहरुमा सडक बत्ती जडान गर्ने योजना गरेको जानकारी दिए । उनले पछिल्लो समय दुधे बजार विकास समितिले गरेको कामको प्रशंसा गरे थिए । आगामी वर्षमा नगरपालिकाबाट विनियोजित रकमबाट सबै स्थानहरुमा हेलोजिङ्ग लाइट जडान गर्ने योजना रहेको बजार विकास समितिले जनाएको छ ।

रातको समयमा चोरी, लुटपाट, दुर्घटना जस्तो क्रियाकलापको दृष्टिकोले पनि दुधे बजारमा केही सुरक्षा नभएका कारण आफुहरुले पहिलो काम नै बजार उज्यालो गर्ने कामलाई प्राथमिकता राखेको दूधे बजार विकास समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

उनका अनुसार हाल बजार सुरक्षाको लागि सडकमा जडान गरिएका सीसी क्यामेरालाई पुन सञ्चालनमा ल्याएको छ। बजारमा विग्रेका क्यामेराहरुलाई हटाई नयाँ क्यामेरा जडान गरिएको छ ।

मञ्जिल नेपाल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *