Sajhamanch Archive

मंगलबारे स्वास्थ्य केन्द्रको नयाँ भवन नगरपालिकालाई हस्तान्तरण

Published: (Updated: ) in विविधा, स्वास्थ्य by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. २ स्थित मंगलबारे स्वास्थ्य केन्द्रको नव निर्मित भवन काम सम्पन्न भएको छ ।

शहरी विकास मन्त्रालयबाट विनियोजित २ करोड, १८ लाख २ हजार ४ सयमा निर्मित भवनको काम सम्पन्न भएको हो । उक्त भवन २.५ तलाको रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

भवन निर्माण कम्पनीले निर्माणमा कार्य पुरा गरेर शिवसताक्षी नगरपालिकालाई हस्तान्तरण गरेको हो । कञ्चनजंघ राज विल्डर्स प्रा.लि.का प्रतिनिधिले शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्की र प्रशासकीय अधिकृतलाई चावी हन्तारण गरेका थिए ।

शिवसताक्षीका वडा नं. २ र ३ का नागरिकका लागि गुस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले उक्त भवन निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
भवनमा फर्निचर लगायतका सामाग्रीहरु व्यवस्थापन गरेर आगामी आ.व.देखि सेवा प्रवाह गर्ने उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

भवन मापदण्ड अनुसार नै निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईल बताए । निर्माण कम्पनीले १ वर्षसम्म उक्त भवनको रेखदेख गर्ने र कुनै समस्या देखिए बनाइदिने जिम्मा लिएको समेत अधिकृत राईले जानकारी दिए । मंगलबारे स्वास्थ्य केन्द्रमा पुरानो भवन सानो र साँगुरो भएकाले सेवा प्रवाह गर्न कठिन भएको थियो । आगामी आ.व. देखि गुणस्तरीय सेवा प्रवाह हुने अपेक्षा गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *