Sajhamanch Archive

यौन शोषणको आरोप लागेका दीपिकाका पूर्वम्यानेजरद्वारा आत्महत्या प्रयास

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

भारतीय अभिनेत्री दीपिका पादुकोण एवं रणवीर कपूरका पूर्वम्यानेजरले आत्महत्या प्रयास गरेका छन्। सेलिब्रेटी म्यानेजर एजेन्सी (क्वान)का सहसंस्थापकसमेत अनिर्बान ब्लाहले यौन शोषणको आरोप लगेपछि शुक्रबार आत्महत्याको प्रयास गरेका हुन्।

अनिर्बानलाई मिटू अभियानअन्तर्गत चारजना महिलाहरूले यौन शोषणको गम्भीर आरोप लगाएका थिए, जसका कारण उनले आफ्नो जागिर पनि गुमेको थियो। भारतीय सञ्चार माध्यमहरूका अनुसार अनिर्बानले शुक्रबार एक बजे वाशी क्षेत्रमा आत्महत्याको प्रयास गरेका थिए। तर सोही समय ट्राफिक प्रहरीले घटनास्थलमा पुगेर उनलाई बचाएका थिए। ट्राफिक प्रहरीका अनुसार अनिर्बानले आत्महत्या गर्ने भन्ने सूचना पहिला नै प्रहरीसम्म पुगेको थियो।

सूचनाका आधारमा वाशी ट्राफिक प्रहरीले अनिर्बानलाई बचाउनका वाशी पुल क्षेत्रमा पहिले नै जाल बिछ्याएको थियो। अनिर्बान पुलको डिलमा चढ्नै लाग्दा प्रहरीले बचाएको हो। त्यसपछि उनलाई प्रहरी कार्यालयमा लगी सोधपुछ गरिएको थियो। उनले बयानका क्रममा मिटू अभियानका कारण आफू तनावमा रहेको बताएको भारतीय सञ्चार माध्यमले बताएका छन्।

प्रहरीले सोधपुछपछि अनिर्बानलाई परिवारको जिम्मा लगाएको थियो। अनिर्बानको संस्था क्वानले भारतीय नाम चलेका कलाकारहरू रणवीर कपूर, दीपिका पादुकोण, रितिक रोशन, टाइगर श्राप, सोनम कपूर, सद्धा कपूर, जैकलिन फर्नान्डिजलगायतलाई आफ्नो सेवा दिँदै आएको थियो। अनिर्बानमाथि चारजना महिलाले यौन शोषणको गम्भीर आरोप लगाएका छन् जसका कारण उनी र उनको परिवार तनावमा थिए। यसबारेमा उनले दीपिका र रणवीरसँग सम्पर्क गर्ने प्रयास गरेपनि सम्पर्क हुने नसकेपछि उनीले अन्तिम विकल्प आत्महत्या रोजेको बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *