Sajhamanch Archive

लक्ष्मी नारायणमा बाल क्लब अभिमुखीकरण

Published: in विविधा by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ को लक्ष्मी नारायण माध्यमिक विद्यालयमा एक दिवशीय बाल अधिकार सम्बन्धी बाल क्बल अभिमुखीकरण गरिएको छ ।

लक्ष्मी नारायण माध्यमिक विद्यालयका बाल क्लबहरुलाई सहभागी गराई एक दिवशीय अभिमुकीकरण गराइएको हो ।

बाल अधिकार चेतना समूहको आयोजनामा गरिएको अभिमुखीकरणमा बाल अधिकार, बाल क्लबले गर्नु पर्ने काम कर्तव्य अधिकार, बाल मैत्री शासन लगायतका विषयहरुमा अभिमुखीकरण गरिएको लक्ष्मी नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र लम्जेलले जनाकारी दिए ।

अभिमुखीकरणको सुमन ढकाल र गोवन्दराज कट्टेलले सहजीकरण गरेका थिए । अभिमुखीकरणमा वडाध्यक्ष लक्ष्मी चेम्जोङ्ग, विव्यस अध्यक्ष भीमबहादुर खवास, दलित महिला सदस्य निर्मला बराइली, पिटिए अध्यक्ष गंगा लावती लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *