Sajhamanch Archive

शिवसताक्षीको ९ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन सुरु

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ९ ले आजबाट आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ ।

वडा नं.९ को यलम्बर चौकदेखि दक्षिण नव निर्मित भवनको आज उद्घाटन गरी सेवा दिन सुरु गरेको हो । नवनिर्मित भवनको संघीय सांसद एलपी साँवा लिम्बु, नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतले उद्घाटन गरेका हुन् ।

यस अघि साविक सतासीधामको गाविस कार्यालय दूधेमा वडा नं. ११ र ९ ले संयुक्त रुपमा कार्यालय सञ्चालन गर्दै आएका थिए ।
स्थानीय मनकुमार कडारिया र दीपेन्द्र कडरियाले २÷२ कठ्ठा जग्गा निशुल्क प्रदान गरेपछि नगरपालिकाले भवन निर्माण गर्न सुरु गरेको थियो । केन्द्रिय समपुरक कोष अन्तर्गत भ्याट सहित १ करोड २९ लाख, ५२ हजार ६३५ रुपैयाको लागतमा शिवभक्त निर्माण सेवाले दुईतले भवन निर्माण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । भवनमा एउटा सभाहल सहित ७ कोठा रहेको छ ।

नवनिर्मित वडा कार्यक्रममा एक कार्यक्रमको आयोजना गरी आजै वडा कार्यालय निर्माणका लागि जग्गा दिने जग्गादता द्वय मनकुमार कडरिया र दीपेन्द्र कडरियालाई सम्मान गरिएको छ । उनीहरुलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको हो ।

वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रममा वडा भित्रका ६८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । त्यस्तै दृष्टिविहीन र बोली नआउने अपााङ्गता भएकाहरुलाई पनि वडा कार्यालयले सम्मान गरेको हो । उनीहरुलाई संघीय सांसद एलपी साँवा लिम्बु, नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतले टोपी, ज्येष्ठ महिलालाई मजेत्रो लगातयका सामाग्री प्रदान गरेका थिए । त्यसै गरी वडा कार्यालय वडाका किसानहरुलाई टनेलमा लगाउने पाष्टिक समेत वितरण गरेको थियो ।

कार्यक्रममा ंसंघीय सांसद एलपी साँवा लिम्बु, निवर्तमान नगरप्रमुख चन्द्रकुमार सेर्मा, निवर्तमान उपप्रमुख भोजकुमारी नेपाल, वर्तमान नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, शिवसताक्षी नगरपालिकाका योजना अधिकृत प्रकाश चौधरीलगायले शुभकामना मन्तव्य राखेका थिए । शिवसताक्षी नगरपालिका वडा नं. ९ की महिला सदस्य तथा कार्यपालिका सदस्य रुका ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव नजराज घिमिरेले सञ्चालन गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *