अफगानिस्तानमा भइरहेको मतदानका क्रमका विष्फोट हुँदा २१ जनाको मृत्यु
Published:
by .काठमाडौं । अफगानिस्तानमा संसदीय चुनावका बीच श्रृंखलाबद्ध विष्फोट हुँदा २१ जना मारिएका छन् ।
अफगानिस्तानको काबुलमा रहेको दुईवटा मतदान केन्द्रमा भएको आत्मघाती विष्फोटमा १८ जना मारिएका छन् । त्यसैगरी कुन्दुज शहरको मतदान केन्द्रमा भीडभाड माझ भएको विष्फोटमा ३ जना मारिनुका साथै ५० जना घाइते भएका छन् ।
विद्रोही समुहले थापेको धरापमा परी घोर प्रान्तको मतदान केन्द्रको सुरक्षार्थ खटिएका ३ जना सुरक्षकर्मी सख्त घाइते भएका छन् । यसैबीच अफगानिस्तानको विभिन्न क्षेत्रमा मतदान स्थगित गरिएको छ । यता,कान्दाहारका प्रहरी प्रमुखको हत्यापछि त्यस क्षेत्रको मतदान एक हप्ता पर धकेलिएको छ ।
२ सय ५० संसदीय सीटका लागि भएको मतदानमा महिलासहित २५ सयभन्दा बढी उम्मेदवार छन् । करिब ९० लाख मतदाता मतदानका लागि योग्य छन् । मतदान अघि १० जना उम्मेदवारको हत्या भैसकेको छ ।
चुनावको प्रारम्भिक नतिजा भने २० दिन पछिबाट मात्र आउन शुरु हुने अनुमान गरिएको छ ।
Comments