Sajhamanch Archive

श्रीजंग प्राविमा दाताहरुको सहयोगबाट स्मार्ट बालकक्षा निर्माण

Published: in विविधा, शिक्षा, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको श्रीजंग प्राथमिक विद्यालयमा स्मार्ट बालकक्षा निर्माण गरिएको छ ।

स्थानीय दाताहरुको सहयोगबाट प्लेग्रुपका बालबालिकाहरुका लागि स्मार्ट बालकक्षा निर्माण गरिएको हो । आज उक्त बालकक्षाको वडाध्यक्ष हर्क सिगुले उद्घाटन गरेका छन् ।

उद्घाटनका क्रममा बोल्दै वडाध्यक्ष सिंगुले वडाले शिक्षा नियामावली बनाएर नजिकको विद्यालयमा नै विद्यार्थीहरुले अध्ययन गर्ने वातावरण मिलाउने बताए । विद्यालयमा शैक्षिक र भौतिक रुपमा सुविधा सम्पन्न गर्दै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उनको भनाई थियो ।

स्थानीय अभिभावक तथा शिक्षा प्रेमी सुरेस योङहाङ्गको सक्रियतामा देश विदेशमा रहनु भएका दाताहरुबाट ३ लाख ७७ हजार ३६७ रकमबाट विद्यार्थी बातावरण मैत्री सुविधा सम्पन्न बालकक्षा निर्माण गरिएको विद्यालयले जनाएको छ ।

दाताहरुबाट संकलित रकमबाट कक्षाको रङ्गरोगन, सिलिङ, फेन, शैक्षिक सामग्री, खेल सामग्री, खानेपानी, विद्यार्थीहरुलाई बेडसहितको स्थान निर्माण गरिएको विद्यालयका प्र.अ. अञ्जुकुमारी गौलीले जानकारी दिइन् । हाल उक्त विद्यालयमा १०४ जना विद्यार्थीहरु रहेको बताइएको छ ।
विद्यार्थी संख्या न्युन भएका कारण मर्च हुन लागेको उक्त विद्यालयमा अभिभावकहरुको संक्रियताले हाल विद्यार्थी संख्या बृद्धि भएको श्रीजंग प्रा.वि.का शिक्षक नारायण भट्टराईले जानकारी दिए । विद्यालयले विद्यार्थी संख्यामा बृद्धि भएसँगै बालकक्षाका ४०जना विद्यार्थीहरुलाई दाताहरुको सहयोगले हाउस पोशाकको समेत व्यवस्था गरिदिएको छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङ्ग लगायत शिक्षा प्रेमीहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *