तेह्थुमका लघुजलविद्युत आयोजना धमाधम बन्द हुँदै, करोडौंको लागानी डुब्यो
Published:
by .तेह्रथुम । तेह्रथुमका रहेका लघुजलविद्युत आयोजनाहरु धमाधम बन्द हुन थालेका छन् ।
निर्माण भएपछि निरन्तर गर्नुपर्ने मर्मत सम्भार र रेखदेखमा ध्यान नपुग्दा लघुजलविद्युत आयोजनाहरु बन्द हुन थालेका हुन् ।
जिल्लाका सबै गाउँसम्म केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण अझै पनि भइसकेको छैन । विद्युतीकरण नभएका गाउँका बासिन्दाले लघुजलविद्युत आयोजना सन्चालन गर्न माग गरेर आयोजना सन्चालन गरेका छन् ।
तर त्यस्ता आयोजनाहरु निर्माण गर्दा सुरुमा केही सरकारी अनुदान पाउने भएपनि निर्माण भइसकेपछि मर्मत सम्भारका लागि कतैबाट श्रोत नजुट्दा आयोजना नै बन्द हुने गरेको पाइएको छ ।
जिल्लाकै एक मात्र पूर्ण सरकारी लगानीको खोरुंगा खोला लघुजलविद्युत आयोजनासमेत पाँच वर्षदेखि ठप्प छ । आयोजना बन्द भएपछि आयोजनाका लागि निर्माण गरिएको भौतिक संरचना र उपकरणहरु लथालिङ्ग बनेका छन् ।
जिल्लामा अहिलेसम्म १६ वटा साना तथा लघुजलविद्युत आयोजनाहरु निर्माण भएको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्लामा हालसम्म मर्मत सम्भारका लागि बजेट नभएकै कारण पाँच वटा साना तथा दुईवटा लघु जलविद्युत आयोजना बन्द भएका छन् ।
Comments