डिभी २०२० बारे अमेरिकी दूतावासले जारी गर्यो यस्तो सूचना
Published: (Updated: )
by .काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा कन्सल्टेन्सीको लहैलहैमा लागेर नक्कली प्रमाणपत्र पेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै दूतावासले भिसा कन्सल्टेन्सीहरूको लहैलहैमा लागेर नक्कली प्रमाणपत्र पेश गरेमा सधैँभरका लागि अमेरिका जान अयोग्य बन्ने बताएको हो ।
दूतावासले बढी पैसा असुल्न खोज्ने भिसा कन्सल्टेन्सीहरूसँग सचेत रहन आग्रह गरेको छ । ‘भिसा कन्सल्टेन्सीहरू जहिले पनि तपाईँबाट बढी पैसा असुल्न खोजिरहेका हुन्छन् । उनीहरूको लहैलहैमा नक्कली कागजात लिने नगर्नुहोस् । उनीहरूले दिएका प्रमाणपत्रहरू कुनै कामका हुँदैनन् । यस्ता प्रमाणपत्रहरू पेश गर्नुभयो भने तपाईँ सधैँभरका लागि अमेरिका जानका लागि अयोग्य बन्नुहुनेछ’ दूतावासको सूचनामा भनिएको छ ।
इलेक्ट्रोनिक डाइभर्सिटी भिसा ९ईडीभी० कार्यक्रम २०२० का लागि असोज १७ देखि खुलेको आवेदन २० कात्तिकमा बन्द हुनेछ ।
Comments