Sajhamanch Archive

ठेक्केदारले काम रोकेको भन्दै दूधे – शिवगञ्ज सडक अनिश्चितकाल बन्द

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

दूधे । मध्य झापाको दूधेबाट हुलाकी राजमार्ग जोड्ने दूधे–शिवगञ्ज सडक ठेकेदारको लापरबाहीका कारण काम नभएको भन्दै स्थानीयबासीले बाटो बन्द गराएका छन् ।

दूधेबाट शिवगञ्जसम्म ९ किमी सडकको अन्य भागमा कालोपत्रे भएपनि दूधे, चन्द्रडाँगी बजार क्षेत्रमा काम ढिलाई हुँदा स्थानीयले बाटो बन्द गराएका हुन् ।

ठक्केदारले पटक पटक काम शुरु गर्दै छोड्दै गरेकाले आजित बनेका बजारबासीले निर्माण कार्य सुरु नगरे बाटो नखोल्ले चेतावनी दिएका छन् ।

सडक निर्माण कार्य अधुरो हुँदा बजारबासीलाई धुलोको कारण स्वास्थ्यमा समस्या आउन थालेपछि बाटो बन्द गराउन बाध्य भएको स्थानीय सन्तोष नेम्वाङ्गले बताए ।

उनले सडकको काम तत्काल सुरु गर्नुपर्ने, नभए कुन मितिमा निर्माण कार्य पुरा गर्ने हो त्यसको ग्यारन्टी हुनुपर्ने बजार बासीको माग भएको बताए । तत्काल कालो पत्रे गर्न कुनै प्राविधिक कठिनाई भए दिनको ३ पटकसम्म सडक पानी हाल्ने व्यवस्था मिलाउनु पर्ने नेम्वाङ्गको भनाई छ ।

सडकमा गाडी कुद्नासाथ ड्वाङड्वाङ्ती धुलो उढ्ने र धुलोले विद्यार्र्थीहरुलाई समेत आवजजावत गर्न कठिनाई भएको स्थानीय दुर्गाप्रसाद भट्टराईले बताए । उनले धुलोका बजारमा लगाईएको पसलहरुमा बेच्च राखिएका मालसामान नष्ट गरेको भन्दै बजारबासीले विहान आएर बाटोमा दैनिक पानी हाल्नु पर्ने बाध्यता बनेको जानकारी दिए ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले २०७२ सालमा जिल्ला विकास मार्फत ठेक्का लगाइएकाले नगरपालिकाले यस सडकको काम गर्न नसकिएको जानकारी दिइन । उनले सडकको काम ढिलाई गरिदिदा नगरबासीले दुःख पाएको भन्दै हालको जिल्ला समन्वय समिति र ठेक्कदारलाई काम सुरु गर्न दवाव दिइरहेको जानकारी गराइन् ।

दूधे–शिवगञ्ज ९ किमि सडक निर्माणका लागि र्याप थ्री कन्स्ट्रक्सन कम्पनीले २०७२ सालमा ठेक्का लिएको हो । ८ करोड ५६ लाख ९४ हजार ६९० रुपैयाँमा ठेक्का लिएको सूचना बोर्डमा उल्लेख छ । ¥यापथ्री कन्स्ट्रक्सन कम्पनीले निलगिरी कन्स्ट्रक्सन कम्पनीलाई फेरि ठेक्का दिएको बताइएको छ ।

सडक ३ मिटर ७५ सेन्टिमिटर कालो पत्रे गर्ने ठेक्का सम्झौता भएपनि बजार क्षेत्र भित्र सडकको पुरै भाग कालोपत्रे गर्ने बजारबासीको दवाव पछि काम रोकिएको ठेक्केदार युवराज डाँगी बताउँछन् । उनले सडकको पुरैभाग कालो पत्रे गर्ने कामका लागि सम्वन्धि निकायबाट आषाढ २९ गतेमात्र स्वीकृत लिएको जानकारी दिए । जिल्ला प्राविधिका कार्यालय बजेट भुक्तानीको ग्यारन्टी नलिँदा काम ढिलो भएको हो । सम्भव भएसम्म आइतबारबाट काम सुरु गर्ने ठेक्केदार डाँगीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *