Sajhamanch Archive

हावाबाट बिजुली उत्पादन घट्यो

Published: (Updated: ) in अर्थतन्त्र by .

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाको रुद्रपुरमा हावाबाट निकालिएको बिजुलीको उत्पादनमा कमी आएको छ ।

परियोजनाको मर्मत सम्भार नहुँदा विद्युत् उत्पादनमा कमी आएको हो । सुरुका दिनमा यो परियोजनाबाट उत्पादित बिजुली २४ सै घण्टा प्रयोग गर्न पाउँदा उत्साहित भएका स्थानीयबासी अहिले निराश भएका छन् ।

नवलपुरको हुप्सेकोट गाउँपालिका –५, धौवादी रुद्रपुरमा २०६८ सालमा  एसियाली विकास बैंकको सहयोगमा हावाबाट बिजुली निकालिएको थियो । २ करोड रुपैयाँभन्दा बढीको लागतमा संचालित परियोजनाको हावाबाट १० किलोवाट र सोलरबाट २ किलोबाट गरी १२ किलोवाट विद्युत उत्पादनको क्षमता छ । तर मर्मत नगर्दा अहिले भने विद्युत उत्पादनमा कमी आएको स्थानीय गमबहादुर राना मगर बताउँछन्  ।

निर्माण गरिएको पहिलो वर्षमा तोकिएअनुसार पर्याप्त विद्युत उत्पादन भएकोले यहाँका स्थानीयले चौबिसै घण्टा विद्युतको प्रयोग गरिरहेका थिए । जसबाट रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय र ४२ घरधुरी लाभान्वित भएका थिए ।

पहिले–पहिले टीभी चलाउन, रेडियो बजाउन, मोबाइल चार्ज गर्न सबै मिल्ने भए पनि अहिले भने जेनतेन साँझ १ घण्टामात्र बत्ती बाल्न सकिएको छ । ब्याट्रीको  एउटा टर्वाइनमा समस्या हुँदा सिंगो गाउँले निकै समस्या भोग्नुपरेको अर्का स्थानीय मीनबहादुरको गुनासो छ ।

यस परियोजनाको मर्मतका लागि सहयोगीको मुख ताकेर यहाँका स्थानीय बसेका छन् । अझ सबैभन्दा समस्या त विद्यार्थीलाई परेको छ । यता परियोजनाको रेखदेखका लागि हुरहुरे डाँडा कृषि सहकारी संस्थालाई भनेको भए पनि हस्तान्तरण गरेको हुँदा समस्या परेको हुप्सेकोट गाउँपालिकाका उपसचिव हरि पंगेनीले जानकारी दिए ।

भएका स्रोतको सदुपयोग र व्यवस्थापन गर्न नसक्दा स्थानीय विद्युतको अभावमा गुज्रिएका छन् । यसमा सम्बन्धित निकायले नजर लगाउनुपर्ने देखिन्छ ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *