Sajhamanch Archive

किसानलाइ अलैंची भित्र्याउने चटारो

Published: in अर्थतन्त्र by .

ताप्लेजुङ । औल क्षेत्रमा धानका वाला झुलिरहँदा लेकाली क्षेत्रका किसानलाई भने अलैंची भित्र्याउने चटारो छ । रातदिन नभनी किसानहरु अलैंची टिप्ने सुकाउने,भट्टी लगाउने र व्यापारिक केन्द्रमा पुर्याउन क्रियाशिल रहेका छन् ।

नेपालमै सबैभन्दा धेरै अलैंची उत्पादन हुने ताप्लेजुङमा कार्तिक र मंसिरमा सबैभन्दा बढी क्षेत्रमा अलैंची टिपिन्छ । टिप्ने सुरुवात भने मध्य साउन देखि नै हुन्छ । ताप्लेजुङले वर्षमा २८ सय टनसम्म अलैंची उत्पादन गरेको तथ्यांक तत्कालीन जिल्ला कृषि विकास कार्यालयसँग छ ।

नेपालमा ५ हजार टनको हाराहारीमा अलैंची उत्पादन हुँदै आएको कृषि मन्त्रालयको तथ्यांकमा छ । पहाडि हावापानीमा हुने अलैंची नेपालका ४३ जिल्लामा खेती हुन थालेको छ ।

सजिलो बनाउनका लागि टिप्नुपूर्व एक पटक बगानका झारपात फाँड्नुपर्ने हुन्छ । यसलाई बगान फाँड्ने भनिन्छ । त्यसपछि बोटको फेदमा हुने थुंगा टिप्ने र पुरानो बोट छुरीले काटेर फाल्नुपर्छ । नयाँ बिरुवा जोगाउनु पर्छ । टिपेको थुंगालाई एकादुई दिन गुम्स्याउनु पर्छ ।

गुम्स्याएपछि दाना र थुंगा छुट्याउन सजिलो हुन्छ । दानालाई भट्टिमा लगाएर सुकाउनुपर्छ र बोरामा लगाएर तौलेर बजार पुर्याउनु पर्छ । टिपिसकेपछि भने एक पटक मल र पानी प्रत्येक बोटमा लगाइदिनुपर्छ । यतिबेला मलपानी लगाइदिए बोटलाई राहत हुन्छ र झाङ फस्टाउँछ । राम्रो उत्पादन लिन वर्षमा दुई पटक मल र पानी लगाउनुपर्ने र चैत वैशाखमा सिंचाइ पुर्याउनुपर्ने प्रविधिक परामर्श रहेको छ ।

कान्तिपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *