Sajhamanch Archive

दीपिका र दिवाकरको इन्गेजमेन्ट :यसै वर्ष विवाह

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । केही समयअघि ‘ऐश्वर्य’ का निर्देशक दिवाकर भट्टराई र ‘ऐश्वर्य’ नायिका दीपिका प्रसाईं प्रेममा रहेको खबरले मिडियामा राम्रो स्थान पाएको थियो।

उनीहरू यो कुरा स्वीकार्न तयार थिएनन्। आफूहरू एकदमै मिल्ने साथी मात्र भएको दुवैको प्रष्टीकरण थियो।

तर, शनिबार दिवाकर र दीपिका दुवैले सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर पोस्ट गर्दै आफ्नो प्रेम स्वीकारेका छन्।

दुवैले फेसबुकमा एउटै क्याप्सनसहित अंकमाल गरेको एक तस्वीर पोस्ट गरेका छन्, जहाँ लेखिएको छ, ‘उहाँ सँधै मेरो लागि हो’। इन्गेजमेन्टसमेत गरिसकेको यो जोडी छिट्टै वैवाहिक बन्धनमा बाधिँदैछन्।

दिवाकर र दीपिकाको प्रेम फिल्म ‘ऐश्वर्य’ को सेटबाट नै सुरु भएको बताइन्छ। दिवाकरले निर्देशन गरेको सोही फिल्मबाट दीपिकाले डेब्यु गरेकी थिइन्।

थाहा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *