मनकारी मालिक, ६०० कर्मचारीलाई बाँडे कार, ९०० लाई ‘फिक्स डिपोजिट’
Published: (Updated: )
by .गुजरातको एक सानो दुधाला गाउँ। गरिब परिवार। अनि साब्जी ढोकलिया। गरिबीको अन्त्यका लागि सानैमा गाउँ छाडेर निस्किएका उनी परिश्रम र मिहिनेतले धनाढ्य बने। ढोकलिया प्रख्यात हिरा व्यापारी हुन्।
अहिले उनको व्यापार ५० देशमा फैलिएको छ। उनले नौ हजार कर्मचारीलाई रोजगारी दिएका छन्। उनले गरिबीका कारण १६० भारुमा ६ वर्षसम्म हिरा टल्काउने काम गरे। उनै ढोलकिया अहिले आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीलाई प्रत्येक वर्ष कार उपहार दिँदै आएका छन्। उनले हरेक वर्ष झैं यो वर्ष पनि आफ्ना ६०० कर्मचारीलाई कार उपहार प्रदान गरेका छन्।
उनले एक विशेष कार्यक्रम गरी प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा गुजरातको सुरतमा कर्मचारीलाई कार उपहार बाँडे। ढोलकियाले सन् २०११ देखि नै आफ्ना कर्मचारीलाई तिहारका अवसरमा विशेष उपहार दिँदै आएका छन्। उनले पछिल्लो महिना मात्रै २५ वर्ष सेवा गरेका तीन जना कर्मचारीलाई ‘मर्सिडिज बेन्ज कार’ उपहार दिएका थिए। एक करोड मूल्य बराबरका कारको चाबी गुजरातकी पूर्व मुख्यमन्त्री तथा मध्य प्रदेशकी राज्यपाल आनन्दीबेन पटेलको हातबाट दिइएको थियो।
६०० कर्मचारीले ‘मारुती सुजुकी’ र ‘मारुति सुुजुकी सेलेरिओ’ कार प्राप्त गरेका छन्। त्यस्तै ९०० कर्मचारीको खातामा ‘फिक्स डिपोजिट’ पनि गरिदिएका छन्। कार्यक्रममा बोल्दै ढोलकियाले भने ‘यो वर्ष हामीले १६ सय हिरा चम्काउने कर्मचारीको सूची तयार गरेका थियौँ। हामी उनीहरुलाई प्रोत्साहन दिन चाहान्थ्यौँ। त्यसै अनुरूप जो कारमा रुचि राख्छन् उनीहरूलाई कार र बाँकीलाई मुद्दतीमा बचत र फ्ल्याट दिएका छौँ।’ बोनसको रुपमा अहिलेसम्म ५५ सय कर्मचारीले यस्तो उपहार प्राप्त गरेको ढोलकियाले जनाएका छन्।
Comments