Sajhamanch Archive

चन्द्रगिरीमा विश्वकपको ट्रफी

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ । इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज चन्द्रागिरि लगेर प्रदर्शनीमा राखिएको छ ।

संयुक्त अरब इमिरेट्स (युएइ)बाट विश्वकप ट्रफी नेपाल ल्याइएको हो । सोमबारसम्म नेपालमा राखिने उक्त ट्रफी नेपाल ल्याइएको दिन साँझ स्वयम्भूमा लगेर सार्वजनिक गरिएको छ ।

स्वयम्भूमा गरिएको प्रदर्शनीमा क्रिकेटका समर्थकको बाक्लो उपस्थिति थियो ।

शनिबार बिहान ट्रफी पोखरा क्रिकेट रङ्गशाला लगिएको थियो ।

आजै वसन्तपुर दरबार क्षेत्रमा राखी क्रिकेट समर्थक र सर्वसाधारणलाई ट्रफीसँग तस्बीर खिच्न दिइनेछ ।

नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा सो ट्रफी यहाँ ल्याइएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *