Sajhamanch Archive

नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्स्थापना दिवस मनाउने

Published: (Updated: ) in राजनीति by .

काठमाण्डौं।  नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ८ गते पार्टी पुनर्स्थापना दिवस भव्यरुपमा मनाउने भएको छ । १० वर्षे जनयुद्धको मर्मलाई मर्न नदिन तत्कालीन एमाओवादीलाई खबरदारी गर्दै नेता विप्लव र प्रकाण्डको पहलमा किरणको नेतृत्वमा नेकपा –माओवादी पुनर्गठन भएको थियो ।

पार्टी पुनर्गठनको दुई वर्ष बितिसक्दासमेत उक्त पार्टीले देश र जनहितको विषयमा ठोस कार्य गर्न नसकेको भन्दै नेकपा – माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा अध्यक्ष किरणलाई एक पत्र थमाउँदै सौहार्दपूर्ण रुपमा आपूmहरु एकीकृत जनक्रान्तिको कार्यदिशालाई पूरा गरेर छोड्ने प्रतिबद्धताका साथ बाहिरिएका नेता विप्लव, प्रकाण्ड र कन्चनले २०७१ मंसिर ८ गते नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरेका थिए । त्यही पार्टी पुनर्गठनको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा एक विशाल जनसभा आयोजना गर्ने तयारी गरेको छ ।यसबीचमा एकीकृत जनक्रान्तिको दिशामा अघि बढेको नेकपालाई धराशयी बनाउन कैयौँ षड्यन्त्रहरु समेत भए । उसको गतिविधिलाई गैरराजनीतिक भन्दै सरकारले दबाउन ठूलो षड्यन्त्र समेत ग¥यो । नेकपाका प्रवक्ता प्रकाण्डलगायत सैयौँ नेता, कार्यकर्तालाई गिरफ्तार गर्ने, शारीरिक र मानसिक यातना दिने, भूmठा मुद्दामा फसाउने प्रपञ्च गरियो । सरकारको यस्तो कदमको सर्वोच्च अदालत र आमजनताले अस्वीकार र विरोध गरेपछि पछाडि हट्न बाध्य भयो ।

अहिलेको देशको अवस्था हेर्दा एकीकृत जनक्रान्तिबिना समस्याको समाधान हुन सक्दैन भन्ने निष्कर्ष चौतर्फीरुपमा निस्कन थालेको छ । यस्तो अवस्थामा देशी, विदेशी प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई चिर्न र एकीकृत जनक्रान्तिको कार्यदिशालाई घनिभूतरुपमा अगाडि बढाउन नेकपाले पार्टी पुनस्र्थापना दिवसको अवसर पारेर विशाल जनसभा आयोजना गर्न लागेको छ । सो जनसभालाई नेकपाका शीर्षस्थ नेताहरूले सम्बोधन गर्ने बुझिएको छ ।

यसैक्रममा नेकपाले जनसभामा सहभागी हुन आमजनतालाई आह्वान गर्दै एक पोष्टर समेत सार्बजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिले हालै जारी गरेको पोष्टरमा सम्पूर्ण कम्युनिष्ट वामपन्थी देशभक्त र लोकतान्त्रिक शक्तिलाई एक जुट हुन् अनुरोध गर्दै बैज्ञानिक समाजवादका लागि संघर्ष गर्न आह्वान समेत गरेको छ । साथै पोस्टरमा ‘मंसिर ८ गते काठमाडौँ जाउँ, जानसभामा सहभागी बनौं’ भन्ने उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *