Sajhamanch Archive

ताप्लेजुङमा फरार छुट्टाछुट्टै मुद्दाका ८ अभियुक्त पक्राउ

Published: (Updated: ) in समाज by .

 ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले छुट्टाछुट्टै ८ जना अभियुक्त र प्रतिवादीहरुलाई पक्राउ गरेको छ । कर्तव्य ज्यानका र गाली बेइज्जती मुद्दाका ३–३ जना, वन मुद्दाका र मादक पदार्थ सेवन गरि प्रहरीसँग अभद्र ब्यबहार गर्ने १–१ जना पक्राउ परेका हुन् । कार्तिक ३ गते मिक्वाखोला गाउँपालिका–४ नम्बर वडा, साँवाका ३२ वर्षिय प्रतापसिंह साँवा लिम्बुको हत्या गरि फरार भएको अभियोग लागेका २ जनालाई कर्तब्यज्यान शिर्षकमा मुद्दा दर्ता गरिएको छ ।

२०७३ साल साउन २७ गते आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका काजिमान लिम्बुलाई कुटपिटपछि हत्या गरेको अभियोग लागेका सोहि गाउँका २० वर्षीय देविन तामाङ पनि पक्राउ परेका छन् । फुङलिङ नगरपालिकाको मन्जु होटलमा कुटिएका लिम्बुको साउन ३० गते मोरङको बेलबारीमा मृत्यु भएको थियो । यसैबिच वन मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भई १२ लाख २५ हजार जरिवना तोकिएका फक्ताङ्लुङ गाउँपालिका–३ लिङखिमका भिमराज पतंवा भने पक्राउपछि कारागार चलान भएका छन् ।  गाउँमै लुकिछिपी बसेको अवस्थामा  लिम्बु पक्रउ परेका थिए ।

यता मादक पदार्थ सेवन गरी प्रहरीसंग अभद्र व्याबहार गर्ने फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमका ३५ वर्षिय थरी बहादुर कार्कीलाई समेत प्रहरीले पक्रउ गरेर मुद्दा चलाएको छ । गत ४ गते मादक पदार्थ सेवन गरि फुङलिङ बजारमा  स्थानीयसँग बादबिवाद गरीरहेको अबस्थामा पुगेका प्रहरीमाथि नै अभद्र व्यबहार गरेका कार्कीलाई प्रहरीले अभद्र व्यबहार कसूर शिर्षक मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए ।

यसैबीच गाली बेईज्जती मुद्दामा जिल्ला अलादतबाट सजायँ तोकिएका ३ जना अभियुक्तलाई पनि प्रक्राउ गरि अदालत पेश गरिएको रेग्मीले बताए । भर्खरै नयाँ सरुवा भएर प्रहरी प्रमुखमा डिएसपी थापा आएसँगै ताप्लेजुङ प्रहरीले सक्रियता बढाएको हो ।

फक्ताङ्लुङ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *