Sajhamanch Archive

विर्ताबजारलाई पाखा लगाउँदै रेड स्टार सेमीफाइलनमा

Published: in खेलकुद by .

भद्रपुर । रेड स्टार फुटबल क्लव बिर्तामोड झापाको भद्रपुरमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइलनमा प्रवेश गरेको छ ।

भद्रपुर माविको खेल मैदानमा सोमबार भएको खेलमा सैनिक ११ बिर्ताबजारलाई शुन्यको विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै रेड स्टार सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफ्को १२ आंै मिनेटमा जर्सी नम्बर ७ का रोशन बोहराले रेड स्टारलाई अग्रता दिलाए ।

बोहाराले प्रहार गरेको बल सैनिकका गोल किपर विपल्व गुरुङले गोल पोष्ट अगाडि रोक्न नसक्दा सजिलै बल पोष्ट चुमे । खेलको १५ औ मिनेटमा सैनिकका जर्सी नम्बर दिशान्त राईले डि बक्स भित्र प्रहार गरेको बल रेड स्टारका गोलकिपर सौरभ गुरुङले रोकेका थिए ।

राईले पाएको अवसर गुमाएपछि पहिलो हाफमा रेड स्टारले अग्रता लिए । दोस्रो हाफमा सैनिकले आक्रमक पारी खेले पनि खेलको ३५ मिनेटमा रेड स्टारका जर्सी नम्बर १४ गणेश हेमरमले गोल गर्दै टिमलाई दुई शुन्यले अग्रता दिलाए । खेलको २५ औ मिनेटमा सैनिकले प्यानेल्टी सुट पाएपनि गोल फर्काउन सकेन ।

डि बक्स भित्र रेड स्टारका जर्सी नम्बर ५ का प्रमोद चौधरीले फाउल गरेपछि रेफ्रीले उनलाई पहिलो कार्ड दिए । सैनिकका विकास लिम्बुले प्रहार गरेको प्यानेल्टी सुट रेड स्टारका गोल किपर गुरुङले रोके । खेलको म्यान अफ द म्याच रेड स्टारका गोल किपर सौरभ गुरुङ घोषित भए । उनलाई नगद दुई हजारले वडा प्रहरी कार्यालय भद्रपुरका निरीक्षक प्रकाश जवेगूले पुरस्कृत गरेका थिए ।

मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेल न्यु स्टार फुटबल क्लव र जलथल फुटबल क्लव बीच हुने आयोजक समितिका सदस्य सौरभ श्रेष्ठले जानकारी दिए । रोलय क्लव भद्रपुरद्वारा आयोजित प्रतियोगितामा विजेता टिमलाई नगद ५० हजारसहित ट्रफी, शिल्ड प्रदान गरिने छ, भने उपविजेता टिमलाई नगद ३० हजारसहित ट्रफी, शिल्ड प्रदान आयोजकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *