Sajhamanch Archive

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

सर्लाही । नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ।

सर्लाहीको रामनगर गाउँपालिका ४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा रामनरेश महतोको मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए।

५० वर्षीय मृतक आफ्नो कार्यकर्ता रहेको नेपाली कांग्रेसले दाबी गरेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *