Sajhamanch Archive

पीपीएल: सोझै फाइनलमा पुग्न चितवनलार्इ विराटनगरले दियाे १४६ रनकाे लक्ष्य

Published: in खेलकुद by .

कास्की  । पोखरा प्रिमियर लिगको सोझै फाइनलमा पुग्ने मौका पाएको चितवनले विराटनगर टाइटन्सबाट एक सय ४६ रनको लक्ष्य पाएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४५ रन बनायो । निकै राम्रो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्न सफल भयो ।

यो प्रतियोगितामा विराटनगरको यो अहिलेसम्मकै उच्च साझेदारी हो । पाकिस्तानी खेलाडी मुहम्मद जेइद आलम अर्धसतक बनाइ आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो ।

उनले ४७ बलमा छ चौका र दुई छक्का प्रहार गरे । त्यसपछि सुनिल धमला ब्यक्तिगत ४७ रनमा आउट भएपछि विराटनगरले एक सय १५ रनमा दोस्रो विकेट गुमायो ।

लगत्तै प्रदिप ऐरी पनि आउट भएपछि विराटनगरले तेस्रो विकेट खेर फाल्यो । पारीको अन्त्यतिर विराटनगरले एकपछि अर्को विकेट गुमायो । प्रदिप ऐरी ११ रनमा आउट भए भने एण्ड्र्यु सुविक्सन चार रनमा पेभेलियन फर्किए । यस्तै राजु रिजाल पनि मात्र ६ रनमा आउट भए ।

चितवनका लागि पारस खड्का र स्मित पटेलले दुई दुई विकेट लिए ।

दाेस्राे पारी भर्खरै सुरु भएकाे छ भने चितवन राइनाेज यतिबेला १ अाेभरकाे समाप्तिमा एक विकेट गुमाउँदै ६ रन बनाएर खेलिरहेकाे छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *