Sajhamanch Archive

कानुन बन्न नसक्दा तीन तहकै सरकार अन्योलमाः उपप्रधानमन्त्री पोखरेल

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुनको अभावमा सरकारको काम प्रभावकारी हुन नसकेको बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ५ ले आज गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले कानुन बन्न नसक्दा तीन तहकै सरकार अन्योलमा रहेको बताए ।

अहिले नै सरकारको कामको मूल्यांकन गर्ने बेला नभएको भन्दै उनले कानुन बनाएर कामलाई प्रभावकारी बनाउने गृहकार्यमा सरकार रहेको जानकारी दिए ।

जनचाहना अनुसारको काम सरकारले गर्न नसकेको उनको स्वीकारोक्ति थियो ।

उप्रधानमन्त्री पोखरेलले कर वृद्धि गरेर जनतालाई मारमा पार्ने काम सरकारले नगरेको भन्दै सेवा दिएर कर लगाउने नीति सरकारले लिएको स्पष्ट पारे ।

उनले राजनीति क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्तिको आवश्यक रहेकोमा जोड दिए ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *