Sajhamanch Archive

इञ्जिन र डिब्बा भाडामा लिएर जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं ।  रेल विभागले जनकपुर जयनगर रेल ट्रयाकमा रेलको इञ्जिन र डिब्बा भाडामा लिएर सञ्चालन गर्ने तयारी गरेको छ ।

आउँदो महिनादेखि पूर्णतया सञ्चालनमा आउने गरी जनकपुर–जयनगर रेलवे ट्रयाक निर्माणको काम भइरहेको छ ।
ट्रयाक बने पनि रेलको इञ्जिन, डिब्बा र आवश्यक जनशक्तिको प्रबन्ध गर्न नसक्दा सुरुवाती चरणमा तेश्रो पक्षसँग भाडामा लिनुपर्ने अवस्था श्रृजना भएको हो ।
तत्कालका लागि रेल संञ्चालनको पुरै जिम्मा तेश्रो पक्षलाई दिने वा रेलको इन्जिन, डिब्बा लगायत आवश्यक सामाग्रीसहितको जनशक्ति तेश्रो पक्षबाट भाडामा लिएर रेल सञ्चालन गर्ने भन्ने बारेमा विभागले अन्तिम निर्णय भने गरिसकेको छैन ।
तर तत्कालका लागि रेल सेवा सञ्चालन गर्न आवश्यक इञ्जिन, डिब्बालगायत जनशक्ति पनि नभएकाले भाडामा लिनुको विकल्प नभएको रेल विभागका प्रवक्ता समेत रहेका सिनियर डिभिजन इन्जिनियर अमन चित्रकारले बताउनुभयो ।
प्रवक्ता चित्रकारले दीर्घकालीन रुपमा रेल सेवा सञ्चालनका लागि ट्रेनसेट किन्नुपर्ने र आवश्यक जनशक्ति पनि तयार पार्नुपर्ने भएकाले त्यसतर्फ लगानी बढाउनुपर्ने बताउनुभयो ।
पहिलो चरणमा धनुषाको जनकपुर नजिक कुर्धादेखि भारतको जयनगरसम्मको रेल ट्रयाकको स्तरोन्नतिको काम भइरहेको हो । यो खण्डको रेल ट्रयाक स्तरोन्नतीको काम आगामी महिना सकिँदैछ ।
दोश्रो चरणमा धनुषको कुर्थादेखि महोत्तरको भंगाहासम्म र तेश्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म रेल ट्रयाक निर्माण गरिने छ ।
त्यसपछि महोत्तरीको बर्दिवासबाट जनकपुर हुँदै जयनगरसम्म रेल सञ्चालन हुने छ । यसका साथै जोगबनी विराटनर, नौतनवा भैरहवा र नेपालगञ्ज रोडदेखि नेपालगञ्जसम्म पनि नेपाल भारत जोड्ने अन्तरशीय रेलवे सेवा सञ्चालन गर्ने योजना छ ।
 उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *