Sajhamanch Archive

अनलाइन ट्रेडिङको समाचारले सेयर बजारमा रौनक :नेप्से बढ्दा कारोबार रकममा भने कमी

Published: in अर्थतन्त्र by .

काठमाडौं । मंगलबारदेखि नेप्से अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आयने समाचारले सेयर बजार तताएको छ । सोमबार नेप्से परिसूचकमा ११ दशमलव ९२ अंकको सुधार देखिएको हो ।

नेप्से परिसूचक दिनेभरी उकालो लाग्दा १ हजार २ सय १९ दशमलव २ अंकमा पुगेर रोकिएको छ । नेप्से बढ्दा सोमबार सेन्सिटिभ इन्डेक्समा पनि २ दशमलव ५१ अंकमा सुधार आयो ।

नेप्से बढ्दा सोमबार कारोबार रकममा भने गिरावट आयो । आइतबार ५६ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार २४ करोड ४५ रुपैयाँको सेयर किनबेच भयो । यसक्रममा १ सय ५५ कम्पनीका ८ लाख २२ हजार २ सय ७ कित्ता सेयर खरिदबिक्री भए ।

नेप्सेमा सोमबार कारोबारमा आएका सबै समूहका उपसूचक बढे । त्यसमध्ये सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ८७ दशमलव ४५ अंकले उकालो लाग्यो ।

यसदिन कारोबार आएका १ सय ५५ कम्पनीमध्ये कारोबार रकमको आधारमा प्रभु बैंकले अग्रता लियो । बैंकको ४ करोड १७ लाख रुपैयाँको करोबार भयो ।

सोमबार लक्ष्मी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर मूल्य ६ प्रतिशतले बढ्दा सिर्जना फाइनान्सको सेयर मूल्यमा १ दशमलव ८ प्रतिशतको गिरावट आयो ।

 बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *