Sajhamanch Archive

शिवसताक्षीको दूधेमा दर्जन बढी शिक्षक सम्मानित

Published: in समाज by .

दूधे । शिवसताक्षीको दूधेमा दूधे स्रोतकेन्द्र अन्तर्गतका विद्यालयका शिक्षकहरुलाई सम्मान गरिएको छ । शैक्षिक सम्मान प्रतिष्ठानले स्रोतकेन्द्र भरिका अनिवार्य तथा स्वेच्छिक अवकास भएका दर्जन बढी शिक्षकहरुलाई सम्मान गरेको हो ।

दूधेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले अवकास प्राप्त १६ जना शिक्षकलाई दोसल्ला ओढाई, सम्मान पत्रद्वारा सम्मानित गरेका थिए ।
अवकास शिक्षकहरुमा उर्मिला दाहाल (अधिकारी), खगेन्द्रप्रसाद अधिकारी, गोविन्दप्रसाद शर्मा, गंगाराम नेपाल, रामानन्द चौधरी, गणेशप्रसाद उप्रेती, खेमनाथ न्यौपाने सम्मानित भएका हुन् ।

त्यस्तै जीवन कुमारी भण्डारी (काफ्ले), मणिकुमार दाहाल, पूर्णबहादुर थापा, तुलसीप्रसाद निरौला, कालीप्रसाद चौधरी, उदयबहादुर खत्रीलाई सम्मान गरिएको थियो । शिक्षक तुलसी गिरी र हरेन ताजपुरियालाई मरणोपरान्त सम्मान गरिएको शैक्षिक प्रतिष्ठानका सचिव डामकुमार कुँवरले बताए ।

त्यस्तै कार्यक्रममा दूधे स्रोतकेन्द्र अन्तर्गतका विद्यालयहरु मध्येबाट २०७४ सालको एस्.ई.ई. परीक्षा उत्कृष्ट जि.पि.ए. प्राप्त गरी प्रथम स्थान हासिल गर्ने श्री भानु मा.वि. लालझोडाका छात्र रोहित बुढाथोकी र छात्राहरु मोनालिसा पाण्डे र दीक्षा थापालाई नगद पुरस्कार २ हजारसहित प्रशंसा प्रत्र प्रदान गरिएको थियो । कक्षा ८ मा उत्कृष्ट जि.पि.ए. प्राप्त गर्ने श्री बालनिकुञ्ज मा.वि.का छात्र प्रवेश खतिवडा र छात्रा श्री राष्ट्रिय रमणीय आदर्श मा.वि.का विद्यालयकी विद्या सिग्देललाई नगद १५ सयसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी  कक्षा ५ बाट उत्कृष्ट अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्ने श्री राष्ट्रिय रमणीय आदर्श मा.वि. छात्र लादिप लिम्बु र छात्राहरु आस्था राई र ग्रीस्मा पाठकलाई नगद १ हजारसहित प्रशंसा पत्र प्रदान गरिएको राष्ट्रिय रमणीय आदर्श मा.वि. प्रधानाध्यपक तथा शैक्षिक प्रतिष्ठानका अध्यक्ष कालीप्रसाद रिजालले बताए ।

त्यसै नृत्य प्रतियोगितामा मा.वि.तहमा भानु माध्यमिक विद्यालयले प्रथम, बालनिकुञ्ज मा.वि. द्वितीय र भगवती मा.वि.ले तृतीय स्थान हासिल गरेका थिए । आधारभूत तहमा अरुणदय प्रा.वि. प्रथम, शान्ति आधारभूत द्वितीय र सूर्योदय प्रा.वि तृतीय स्थान हासिल गरेको थियो । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुलाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा दूधे स्रोतकेन्द्रका श्रोतव्यक्ति कृष्ण भण्डारी, सतासीधाम बहुमुखी क्याम्पस प्रमुख उमानाथ दाहाल, शिवसताक्षी नगरपालिका सामाजिक विकास समितिका सदस्य छविलाल पाठक, वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठ लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थिती रहेको थियो । शैक्षिक प्रतिष्ठानका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव डामकुमार कुँवरले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *