Sajhamanch Archive

नारी सञ्चार गृहले आफ्नो कोष वृद्धिका लागि देउसी

Published: (Updated: ) in विविधा by .

मेचीनगर । झापाली महिला सञ्चारकर्मीहरुको संस्था नारी सञ्चार गृह झापाले आफ्नो कोष वृद्धिका लागि देउसी भैलो कार्यक्रम सञ्चालन गरेको छ ।

संस्थाकी अध्यक्ष अम्बिका भण्डारीले व्यक्तिगतरुपमा १० हजार रुपैयाँ प्रदान गरी शुरु भएको अक्षय कोषमा अहिले १ लाख २६ हजार रकम रहेको छ । संस्थाले कोष वृद्धि गरी २५ लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेकाले २०७५ सालको दिपावलीका अवसरमा सामुहिक देउसी भैलो सञ्चालन गरेको अध्यक्ष भण्डारीले जानकारी दिईन् ।

अध्यक्ष भण्डारीका अनुसार लक्ष्मी र गोवद्र्धन पूजागरी दुईदिन सम्म सञ्चालन भएको देउसी भैलोमा १ लाख रुपैयाँ संकलन भएको छ । गृहले झापाको मेचीनगरको काँकरभिट्टा, धुलावारी विर्तामोडलगायतका स्थानमा देउसी खेलेको थियो । टोलीले प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेसहित विभिन्न उद्योगी व्यवसायीका घरमा नेपाली कला संस्कृति र पहिचानसहितको परम्परागत देउसी खेलेको थियो ।

अध्यक्ष भण्डारीका अनुसार गृहले आयोजना गरेको देउसी भैलो कार्यक्रमलाई नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य, प्रेस चौतारी नेपालका केन्द्रीय पार्षद लक्ष्मी उप्रेती, रेडियो साथीका प्रवन्ध निर्देशक ज्ञानेन्द्र निरौला, प्रकाश पौडेल, विमर्श उप्रेती, खगेन्द्र घिमिरे, सहितका सञ्चारकर्मीहरु र साहित्यकार मातृका संग्रौलाले दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *