शिव पाञ्चायन मन्दिरले गर्यो देउसी भैलो कार्यक्रमको आय व्यय सार्वजनिक
Published: (Updated: )
by .दूधे । शिवसताक्षी दूधे स्थित शिवपाञ्चायन मन्दिरले देउसी भैलो कार्यक्रमको आय व्यय विवरण सार्वजनिक गरेको छ । सोमबार मन्दिर परिसरमा संध्याकालिन देउसी भैलोको समापन कार्यक्रमको आयोजना गरी मन्दिर विकास समितिले आय व्यय सार्वजनिक गरेको हो ।
मन्दिरले गएको दिपावलीमा ९० हजार ९९६ रुपैया आम्दानी र ३० हजार ९९६ रुपैया खर्च गरेको जनाएको छ । देउसी भैलोबाट उठेको रकम मन्दिर व्यवस्थापनमा खर्च गरिने शिव पाञ्चायन मन्दिरका अध्यक्ष गणेश खरेलले बताए ।
त्यस्तै देउसी भैलोमा नेपाली लोकसंस्कृति झल्काउने पोशाक लगाई नृत्य गर्ने १५ जना बहिनीहरुलाई मन्दिर समितिले जनही नगद एक हजारका दरले पुरस्कृत गरेको छ । देउसी भैलोका लागि नृत्य सिकाउने सिप चौधरीलाई नगद ८ हजारसहित पुरस्कृत गरिएको शिवपाञ्चायन मन्दिर विकास समितिका उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईले जानकारी दिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि लाइन्स क्लब अफ शिवसताक्षीका प्रेसिडेन्ट यामनाथ काफ्ले, अतिथिहरु अग्नी प्रसाद दुलाल, प्रेम भण्डरी, असोक वस्नेत, नारायण बजगाई, टेकबहादुर सेन्चुरीले मन्दिर विकास समितिले कार्यक्रमको समापनकै दिन आय व्यय सार्वजनिक गरेर आर्थिक पारदर्शिदा देखाएकोमा खुलेरै प्रशंसा गरे। उनीहरुले धर्म र संस्कृतिले आम मानिसलाई फुटाउने हैन जोड्ने काम गरेको बताए ।
समापन कार्यक्रममा पत्रकार सरोज भट्टराईले गीत प्रस्तुत गरेका थिए भने विभिन्न देउसी गितमा भाई बहिनीहरुले नृत्य गरेका थिए । कार्यक्रम मन्दिरका सचिव गोविन्द काफलेले सञ्चालन गरेका थिए ।
Comments