संघीयतासँगै थपिए भिआइपीः सुरक्षाकर्मी तेब्बर बढी खटाउनुपर्ने
Published:
by .काठमाडौं । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका परिमार्जन गर्न लागेको छ ।
गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७० परिमार्जन गरी नयाँ सुरक्षा निर्देशिका ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ ।
मन्त्रिपरिषदबाट विशिष्ट व्यक्तिहरुको सुरक्षासम्बन्धी परिमार्जित निर्देशिका पारित भएपछि त्यस्तो सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बर बढ्नेछ । यसबाट सरकारलाई अतिरिक्त आर्थिक भार पर्न जानेछ ।
अहिले विशिष्ट र अति विशिष्ट व्यक्तिहरुको सुरक्षामा करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालित छन् ।
Comments