समृद्धि यात्रामा मित्रराष्ट्रहरुको उदार सहयोगको अपेक्षा राखेका छौंः प्रधानमन्त्री ओली
Published: (Updated: )
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताउनुभएको छ ।चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
‘समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ । त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै उहाँका परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराईले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौंदेखिको सम्बन्ध रहेको स्मरण गर्नुभयो । ‘हामी एउटै हिमालको वारी पारी बसेका,एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं’ उहाँले भन्नुभयो,‘हामी भूगोल,संस्कृति,रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।’
चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण बर्ष २०२० मा अधिकतम संख्यामा नेपालमा पर्यटक भिञ्याउने चीनको तयारी भएको बताउनुभयो । गतबर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले जानकारी दिनुभयो ।
‘नेपालको परम्परागत र साँस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाँहरु बढी आकर्षित छन’् सल्लाहकार डा. भट्टराईले चिनियाँ मन्त्रीको भनाई उल्लेख गर्दै भन्नुभयो,‘भूकम्पपछिको पून निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ । यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालिन फाइदा पुग्नेछ ।’
चक्रपथबाट ।
Comments