Sajhamanch Archive

भूकम्पपीडित बनेर अनुदान लिएर घर नबनाउनेको खोजी गरिँदै

Published: in मिडियाबाट साभार by .

धादिङ ।  भूकम्पपीडित बनेर अनुदान लिने तर घर निर्माण नगर्ने जिल्लाका ३० हजार घरधुरीको खोजबिन गरिएको छ ।

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले पुस मसान्तभित्रै सक्कली र नक्कली भूकम्प पीडितहरुको पहिचान भइसक्ने बताइएको छ ।

इकाई प्रमुख राजेन्द्र केसीले विभिन्न स्थानीय निकायले काठमाडौं, चितवन, सदरमुकाम र राजमार्गका विभिन्न बजारमा पक्की घर भएकाहरुलाई लाभग्राहीको सिफारिस गरेपछि नक्कली भूकम्प पीडितको बिगबिगी बढेको बताउँछन् ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *