Sajhamanch Archive

सेन्सरीन्यूरल बहिरोपनाको कारण, लक्षण र उपचार विधि

Published: (Updated: ) in स्वास्थ्य by .

केही आवाज एउटा कानमा अत्याधिक चर्को सुनिन्छ ।

– दुई वा दुई भन्दा धेरै मानिसहरु कुरा गरिरहेको बेला कुराकानीको क्रममा तपाईलाई सुन्न समस्या हुन्छ ।

(धेरै होहल्ला भएको क्षेत्रमा तपाईंलाई सुन्न समस्या हुन्छ ।
(महिलाहरुको आवाजको तुलनामा पुरुषको आवाज सुन्न सजिलो हुन्छ ।

(अन्य मानिसको आवज कमजोर वा लडखडाउँछ ।
(पृष्ठभूमीमा होहल्ला हुनाले तपाईंलाई सुन्न समस्या हुन्छ ।

यसका अन्य लक्षण निम्न छन्

(शरीर सन्तुलित नहुने वा चक्कर आउने
(कानमा कुनै आवाज बजिरहने वा गुञ्जिरहने

सेन्सरीन्यूरल बहिरोपनको कारण

कानको आन्तरिक भागमा सानो रौं जस्ता कोषहरु हुन्छन् जसले विद्युत संकेतमा ध्वनीलाई परिवर्तन गर्छ । त्यसपछि नशाले यी संकेतहरुलाई मस्तिस्कमा लैजान्छ ।

सेन्सरीन्यूरल बहिरोपनाले यी विशेष कोषहरुलाई नोक्सान पुर्याउँछ । कानको आन्तरिक संरचनामा नोक्सानको कारण मानिसलाई सुन्न गाह्रो हुन्छ ।

सेन्सरीन्यूरल हियरिङ लस कसैलाई जन्मजात अवस्थाबाटै हुन्छ भने धेरैजसोलाई पछि युवा वा वयस्क भएपछि हुन्छ । बच्चालाई जन्मजात हुने सेन्सरीन्यूरल बहिरोपनको कारण धेरैजसो वंशाणुगत सिन्ड्रोम र गर्भमा आमालाई कुनै संक्रमण भएमा हुन्छ ।

त्यस्तै बच्चा वा वयस्कमा हुने सेन्सरीन्यूरल हियरिङ लस निम्न कारणले हुन सक्छः

(उमेर बढ्दै जाँदा सुन्ने क्षमतामा कमी आउने कारण
(रक्तनलीको रोग
(प्रतिरक्षा रोग
(विभिन्न प्रकारका संक्रमण जस्तैः मेनिनजाइटिस, मम्प्स, स्कार्लेट ज्वरो
(लडेर वा कुनै दुर्घटनाको कारण गम्भिर चोट लाग्नाले
(चर्को र कर्कश ध्वनी वा आवाजमा लामो समयसम्म रहनाले
(मेनिएर रोगको कारण
(ट्युमर जस्तै ध्वनीक न्यूरोमा हुनाले
(केही हानीकारक औषधिहरुको सेवनको कारण
(हरेक दिन चर्को स्वरको वरिपरि काम गर्नाले
त्यस्तै केही मामिलामा भने यसको कारण अज्ञात छ ।

सेन्सरीन्यूरल हियरिङ लसको समस्या देखिएका बिरामीलाई चिकित्सकले उनीहरुको श्रवणशक्ति कत्तिको कमजोर भएको छ त्यहि आधारमा उपचार गर्छन् । यस्तो समस्या भएका मनिसहरुलाई गरिने उपचारको लक्ष्य श्रवणशक्तिमा सुधार गर्नु नै हो ।

त्यसैले यस्तो समस्याको उपचारमा निम्नलिखित तरिका प्रभावकारी हुन्छन्ः

(कानको मेसिन प्रयोग गर्ने
(टेलिफोन एम्प्ली फायर र अन्य सहायक उपकरण
(तपाईंको घरको लागि सुरक्षा र चेतावनी प्रणाली प्रयोग गर्ने
(गम्भिर रुपमा बहिरोपनाको उपचार खासै नहुने भएकाले सांकेतिक भाषाको प्रयोग गर्ने ।
(अरुले बोल्दा ओठ कसरी चल्छ त्यो पढ्ने र संचार सहयताको लागि दृश्य संकेतको उपयोग गर्ने

धेरै गम्भिर श्रवण हानी भएका केही मानिसको लागि भने एक कोचलियर इम्प्लान्टको सिफारिस गरिन्छ । यस्तो इम्प्लान्ट वा प्रत्यारोपणको लागि सर्जरी गरिन्छ ।

प्रत्यारोपणले ध्वनीलाई अलि तिव्र महसुस गराउँछ तर यसले सामान्य सुनुवाई भने फेरि फर्काउन सक्दैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *