हास्यकलाकार राईद्वारा शरणार्थी शिविरमा आर्थिक सहयोग प्रदान
Published: (Updated: )
by .दमक । हास्यकलाकार उल्सनविक्रम राईले बेलडाँगी स्थित शरणार्थी शिविरका छात्र छात्रालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
उनले शिविरमा बसी बाहिर कक्षा ९ र १० अध्ययन गर्न जाने विद्यार्थी र ज्येष्ठ नागरिकलाई सहयोग प्रदान गरेका हुन् । शिविर भित्र कक्षा ९ र १० मा अध्ययन गर्न असहज भएपछि विद्यार्थीहरु बाहिर अध्ययनका लागि जाने गरेका छन् ।
उनले भुटानी शरणार्थी शिविर भित्रका ज्येष्ठ नागरिक र विद्यार्थीका लागि शिविर व्यवस्थापन समिति मार्फत ६५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै कलाकार राईले ज्येष्ठ नागरिक पूर्ण बहादुर लिम्बु र जंगबहादुर खड्कालाई जनही ५ हजारका दरले १० हजार रुपैयाँ सहयोग गरेका हुन् भने बाँकी रकम विद्यार्थीकालागि प्रदान गरेका हुन् ।
शिविर भित्रको दुःख देखेर बालबालिकाहरुले शिक्षाबाट बन्चित हुनु नपरोस भनेर सहयोग गरेको कलाकार राईले बताए । उनले संसार भरि छरिएर रहेका भुटानी दाजु भाईले भ्रमणका क्रममा माया, ममता र सम्मान दिएरको भन्दै उहाँहरुको दुःखमा केही सहयोग गरेको जानकारी दिए ।
राईले व्यवस्थापन समिति मार्फत सो रकम क्याम्पका सचिव टिकाराम रसाइलीलाई हस्तान्तरण गरेका थिए ।
Comments