Sajhamanch Archive

एभरेष्ट प्रिमियर लिगमा पोखराबाट स्कटल्याण्डका केइल कोट्जर खेल्ने

Published: in खेलकुद by .

मंसिर २२ गतेबाट हुने एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजबाट स्कटल्याण्डका केइल कोट्जर खेल्ने भएका छन् ।

६ वटा फ्रेन्चचाइज टिमको सहभागिता हरेको प्रतियोगिताका लागि पोखराले केलीलाई विदेशी खेलाडीको कोटामा ल्याउन लागेको हो । यसअघि उसले पाकिस्तानका तेज गतिका बलर ताज वालीलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै दक्षिण अफ्रिकाबाट पनि एक जना ब्याट्सम्यान ल्याउने भएको छ । ईपीएलका लागि आइसीसीले मान्यता दिइसकेको छ भने सहभागि अरु टिमले पनि विदेशी खेलाडी एकपछि अर्को रुपमा अनुबन्ध गरेको छ ।

यही प्रतियोगिताका लागि पोखराले अष्ट्रेलियन प्रशिक्षक नाथन डोडलाई अनुबन्ध गरेको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *