Sajhamanch Archive

संघीयता असफल पार्ने षड्यन्त्र सुरु भयो : मुख्यमन्त्री शाही

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही शक्तिहरु नेपालमा संघीयता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

बिहीबार संवाद चौतारीले काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री शाहीले संघीयता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानीय सरकारबवीच अधिकारको विवाद सल्काएर संघीयतालाई बदनाम बनाउँदै संघीयतानै असफल बनाउने दाउमा लागेको बताए ।

कम्युनिष्ट पार्टीलाई दुई तिहाई वहुमत दिएर जनताले अग्नि परीक्षा दिएको भन्दै उनले कसैलाई पनि दोष दिएर अहिलेको सरकार उम्कन नपाउने जिकिर गरे । संघीयता कागजमा व्यवस्था गरे पनि सोचमा स्थापित हुन नसकेको भन्दै उनले नयाँ ब्यवस्थामा अभ्यस्त हुनका लागि ‘बे्रनवार’ चलाउनुपर्नेे बताए ।

केन्द्र सरकारले प्रशासनिक र वित्तीय अधिकारबारे अहिलेसम्म पनि प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएर काम गर्न कठिनाई भएको भन्दै शाहीले केही दिनमै प्रधानमन्त्री र मुख्यमन्त्रीहरु बीच हुन लागेको समन्वय परिषद बैठकमा यस बारेमा आफूहरुले विशेषरुपमा कुरा उठाउने जानकारी दिए ।

एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै विदा गरेर नयाँ कर्मचारी भर्ना गर्ने आँट केन्द्र सरकारले गर्नुपर्ने उनको कथन छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *