Sajhamanch Archive

अब सरकार, सहकारी र निजी क्षेत्रको सहकार्यमा देशको विकास हुन्छ : अर्थमन्त्री खतिवडा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सहकारी मोडलबाट आर्थिक विकास गर्न प्रदेश र स्थानीय तहलाई आह्वान गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले न्यायपूर्ण समाज निर्माणका लागि सहकारीको बाटो सबैभन्दा उपयुक्त रहेको उल्लेख गर्दै सोही बाटोबाट अघि बढ्न प्रदेश र स्थानीय तहलाई आग्रह गर्नु भएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रादेशिक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सहकारीको बाटोबाट जमिनलाई उपयोग गरेर आधुनिक कृषि खेती र कृषि प्रणालीलाई अघि बढाउन आवश्यक पूँजी र प्रविधि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउन सरकार तयार रहेकोे स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले प्राकृतिक स्रोतको परिचालन र त्यसबाट हुने उत्पादनको वितरण समन्यायिक हुनुपर्नेमा पनि जोड दिनुभयो । अर्थमन्त्री खतिवडाले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले देशको विकासको मोडल सरकार, सहकारी र निजी क्षेत्रबीचको सहकार्यमा आधारित रहेको पनि स्मरण गराउनुभयो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *