Sajhamanch Archive

कस्तो अचम्म प्रेमिकाले प्रेमीको हत्या गरिन्, टुक्रा पारिन्, ब्लेन्डरमा पिनिन् र बिरयानी बनाएर मानिसलाई खुवाइन्

Published: in विविधा by .

दुबईमा मोरोक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर शवको टुक्रा पारेको र आफ्नो घर नजिकैका कामदारलाई बिरयानी बनाएर खुवाएको घटनाबारे पर्दाफास भएको छ ।

नाम नखुलाइएकी महिलाले दुबईको अल एनस्थित आफ्नो घरमा सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमीको हत्या गरेको डेली मेलले बताएको छ । अभियोजकका अनुसार उनका प्रेमीले मोरोक्कोमा अर्की महिलासँग विवाह गर्ने योजना बनाइरहेको जानकारी दिएपछि रिसको झोंकमा महिलाले हत्या गरेकी हुन् ।

पुलिस अधिकारीका अनुसार ती महिलाले आफ्ना प्रेमीको मासुलाई ब्लेन्डरमा पिसिन् र बिर्यानीजस्तो बनाएर उनको घर नजिकै रहेका पाकिस्तानी कामदारलाई खुवाएकी हुन् ।

हत्या गरिएका व्यक्तिको दाजुले उनी हराइरहेको उजुरी दिएपछि यसबारे अनुसन्धान थालिएको हो ।

ती व्यक्ति भाइ बस्ने घरमा गएको तर महिलाले उनलाई घरबाट निकालिदिएको र उनी कहाँ छन् भन्ने बारे थाहा नभएको बताएपछि पुलिसको सहारा लिइएको थियो ।

मृतकका दाजुलाई उद्धृत गर्दै डेली मेलका अनुसार पुलिसले ती महिलाको ब्लेन्डरमा मानव दाँत भेटेपछि यसबारे पर्दाफास भएको हो ।

द नेशनलका अनुसार डिएनए टेस्टले उक्त दाँत हराइरहेका व्यक्तिकै भएको पत्ता लगाएपछि उनकी प्रेमिकालाई पक्रा गरिएको हो ।

पक्राउ परेपछि ती महिलाले आफूले प्रेमीको हत्या बदला लिन गरेको बताइन् ।

प्रेमीको शवलाई ठेगान लगाउन साथीको सहयोग माग्दा साथीले अस्विकार गरेपछि आफूले शवलाई टुक्रा पारेर कामदारलाई खुवाएको जानकारी दिइन् ।

पुलिसले यसबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *