Sajhamanch Archive

तपाईको स्वभाव बुढी औलाले बताउछ हेर्नुहोस

Published: (Updated: ) in विविधा by .

यदि हामी ज्योतिष शास्त्रलाई मान्ने हो भने हाम्रो शरिरको विभिन्न अंगहरुले तपाईको सोच तथा बानिहरु थाहा पाउन सकिन्छ ।

त्यस्तै हत्केलामा भएका बिभिन्न रेखाहरुले पनि व्यक्तिको बारेमा बताइरहेको हुन्छ

यस्तै कुरालाई बिश्वास गर्ने व्यक्तिहरु विभिन्न ठाउँमा हेराउन गइरहेको देख्न पाउँछौकसैले यस्ताकुराहरुलाई वाइयात हो भनेपनि बिश्वमा विकशित मुलुकहरुमा पनि यस्ता कुराहरुलाई विश्वास गरेको पाइन्छ ।

त्यस्तै यहाँ एक भिडियोमा तपाईको बुढी औलाको आकार कस्तो छ । सो अनुसारको फल तथा मानिसको स्वभाव कस्तो हुन्छ भन्ने कुराहरु बताइएको छ ।

हेर्नुहोस्, तपाई पनि तपाईको औला अनुसार तपाईको स्वभाव कस्तो छ ?

सिधा बुढी औला

एकदम प्रोफेसनल, सफलता प्राप्ति गर्ने र यस्ता व्यक्तिहरुको जीवन एकदम ब्यबस्थित हुन्छन। यिनीहरु एकदम अनुसासनमा बस्छन। यिनीहरुको जीवनको लक्ष्य भनेको धेरै पैसा कमाउनु र इज्जत कमाउनु हुन्छ।

यस्ता व्यक्तिहरु एकदम घमण्डी, स्वार्थी र अहंकारी हुन्छन । आफ्नो जीवनको एक मिनेट पनि खेर जान दिदैन। देखाउनको लागि कसैलाई पनि सहयोग गर्दैन्। यदि कसैले मग्न आएमा अस्विकार पनि गर्दैनन। काम नगर्ने कुरा मात्र गर्ने यस्ता मान्छे उनिहरुलाई पटक्कै मन पर्दैन।

उनीहरुको बैबाहिक जीवनमा श्रीमान र श्रीमतीको सम्बन्ध एकदम राम्रो हुन्छ। बच्चा पनि राम्रो हुन्छन। तर आफन्त साथी भाई संग भने सम्बन्ध नराम्रो हुन्छ किनकि प्राय मान्छेहरु उनलाई एकदम स्वार्थी ठान्छन। आफ्नो समस्या कहिले अरुलाई नसुनाउने भएका कारण यस्ता व्यक्तिलाई साथी भाई आफन्तले नराम्रो मान्ने गर्छन।

अलि कति बांगो बुढी औला

यदि जीवनमा जिन्दगीको अरुबाट मज्जा लिन मन छ भने यस्ता मान्छेको संग जानुहोस्। यस्ता मान्छे आफ्नो काम गर्न मन पराउछ। यदि काममा गए पनि त्यहा सबैको मन जित्न सफल हुन्छन।

हरेक काममा सकरात्मक सोच लिन्छन। बैबाहिक जीवन एकदम सुखमय हुन्छन। तर नोकरीको मामिलामा भने अलि अफ्ट्यारो पैदा हुन्छ। उनीहरु इमान्दारीले भरिपूर्ण हुन्छन। जीवनलाई गम्भीर रुपमा सोच्छन। नोकरीमा टिकिरहन उनलाई गाह्रो हुन्छ।

तर व्यापार व्यवसायमा संलग्न रहेमा एकदम लाभ उठाउन सक्छन। एकदम दयालु हुन्छन। यदि कसैले सहायोग मागेमा आफुसंग नभएपनि अरु संग मागेर भए पनि दिन तयार हुन्छन। आमा, बुबालाई एकदम माया गर्छन। घर व्यबस्थापन एकदम राम्रो तरिकाले गर्ने गर्छन।यिनीहरुको जीवनमा पैसाको कमि हुदैन। जीवनको अन्तिम पल एकदम सुखमय हुन्छन।

पुरै बाङ्गिएको बुढी औला

यस्ता मान्छे अलिकति पनि घमण्डी हुदैनन, स्वार्थी पनि हुदैन् एकदम गाई जस्तै सोझ हुन्छन। जस्तो सुकै समस्या आएपनि तुरन्तै समाधान गर्न सक्छन। यस्ता मान्छे अरुलाई गफ गर्न मन पर्दैन अरुलाई पछाडीबाट सहयोग गर्न तयार हुन्छन। यस्ता व्यक्तिलाई राजनीतिक एकदम फाप्छ। ठुलो मान्छे बन्ने सम्भाना हुन्छ तर जीवनमा आर्थिक समस्या भने आइ परिरहन्छ। यस्ता समस्या आइ परे पनि समस्या समाधान गर्न सफल हुन्छन। एजेन्सीको सहयोगमा

यो पनि पढ्नुस्

हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । यतिमात्रै होइन हालै फेसबुक डाटा लीक भएको घटनाले तपाईंको गोपनियता पनि झन् खतरामा पारेको छ ।

९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी सेटिङमा परिवर्तन गरेका छन् ।

यद्यपि फेसबुकले प्रयोगकर्ताको गोपनियतालाई अझै मजबुत बनाउने कामको सुरुआत गरिसकेको दावी गरेको छ । तर, तपाईं आफ्नो फेसबुक सुरक्षित राख्न चाहनुहुन्छ भने फेसबुकबाट यी ९ चिज तुरुन्त डिलिट गरिहाल्नुस् ।

१। धेरै जना फेसबुकमा आफ्नो जन्मदिन सबैले हेर्न मिल्ने गरी राखेका हुन्छन् । तर तपाईंको जन्मदिन अन्य महत्वपूर्ण स्थानमा र डकुमेन्टमा पनि उल्लेख गरिएको हुन्छ । यसमार्फत तपार्ईंको बैंक अकाउन्ट र व्यक्तिगत पूरा विवरण जस्ता चिजमा सजिलै पहुँच पुर्‍याउन सकिन्छ ।

२। फेसबुकमा धेरै जनाले राख्ने अर्को चिज भनेको आफ्नो फोन नम्बर अर्थात् मोबाइल नम्बर हो । तर, मोबाइलन नम्बर सबैले देख्न मिल्ने गरी राख्नु राम्रो हुँदैन । यसमार्फत पनि तपाईंको व्यक्तिगत विवरणसम्म पहुँच पुर्‍याउन सकिन्छ ।

किनकि मोबाइल नम्बर पनि कयौं महत्वपूर्ण डकुमेन्टहरुमा उल्लेख गरिएको हुन्छ । साथै फोन नम्बरबाट तपाईं कुन स्थानमा हुनुहुन्छ भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ ।

३। फेसबुकमा जो मनलाग्यो त्यसलाई साथी बनाउने कामबाट पनि जोगिनु जरुरी छ । कतिपयले साथीहरुको संख्या धेरै देखाउनका लागि जसलाई पनि फ्रेन्ड रिक्वेस्ट पठाउने र रिक्वेस्ट आएमा एसेप्ट गर्ने गर्दछन् । फेसबुकमा भएको चिनजानको आधारमा विश्वास गर्दा कतिपयले आफ्नो पासवर्ड आदान प्रदान गर्छन् ।

पछि दुरुपयोग भएको जानकारी पाएपछि प्रहरीकोमा हारगुहार गर्न जान्छन् । त्यतिमात्रै होइन फेसबुकको निकटताले आपराधिक घटना भएका उदाहरण पनि छन् । त्यसैले राम्रोसँग नचिनेका व्यक्तिहरुसँग साथी नबन्दा नै बेस हुन्छ ।

किनकि तपाईंलाई कसैले व्यक्तिगत स्वार्थ पूर्तिका लागि पनि फ्रेन्ड रिक्वेस्ट पठाएको हुनसक्छ । त्यसैले जसलाई मनलाग्यो उसलाई साथी बनाउनु एकदमै खतरा हुन्छ । फेसबुक फ्रेन्ड बनाउने बेला निकै सावधानी अपनाउनु पर्दछ ।

४। फेसबुकमा धेरैले आफ्ना साना बालबच्चाका वा किशोरावस्थामा पुगेका परिवारका सदस्यहरुको तस्वीर राखिरहेका हुन्छन् । यसो गर्नु पनि खतरनाक हुनसक्छ ।

यदि अझै पनि फेसबुकमा यस्ता फोटा छन् भने हटाइदिनु नै राम्रो हुन्छ । किनकि यसमार्फत् अज्ञात व्यक्तिले तपाईंको पूरै परिवारकोबारेमा जानकारी लिनसक्छ र यसको गलत प्रयोग पनि गर्न सक्छ ।

५। धेरै व्यक्तिहरुले कुनै स्टाटस वा फोटोसँगै आफ्नो लोकेसन पनि राखेका हुन्छन् । कतिपयले त घरभित्रै बसिरहेको बेलामा पनि लोकेसन ट्याग गरेका हुन्छन् ।

यसबाट धेरैलाई थाहा हुन्छ कि तपाईं अहिले कहाँ हुनुहुँदो रहेछ भन्ने कुरा । यसो गर्दा अज्ञात व्यक्तिहरुले पनि तपाईंको घर कहाँ छ भन्ने कुरा वा तपाईं अहिले कुन ठाउँमा हुनुहुन्छ भन्ने कुरा थाहा पाउँछन् ।

६। कतिपयले त कतै घुम्न जाने बेला घरबाट निस्किएकोदेखि लिएर अहिले कहाँ कहाँ पुगिएको छ भन्ने कुराको समेत जानकारी पलपलमा अपडेट गरेर जानकारी दिइरहेका हुन्छन् । तपाईंको यो बानीले कुनै अपराधिक तत्वलाई तपाईंमाथि आक्रमण गर्ने वा क्षति पुर्‍याउने मौका दिइरहेको हुनसक्छ ।

आजभोलि त केही बीमा कम्पनीहरुले पनि यस विषयलाई गम्भीरताका साथ लिन थालेका छन् । कुनै व्यक्तिले सामाजिक सन्जालमा आफ्नो होलिडेको पूरै प्लान पोस्ट गरेको छ भने उनीहरुको इन्स्योरेन्स क्लेमलाई रिजेक्ट गर्न थालिएको छ ।

७। धेरैजनाले फेसबुकमा आफ्नो बोर्डिङ पास सेयर गरेका हुन्छन् । तपाईंले ख्याल गर्नु भएको छ कि छैन, बोर्डिङ पासमा बार कोड राखिएको हुन्छ । यो बार कोडमा तपाईंको बारेमा विस्तृत विवरण हुन्छ जसबाट पूरै जानकारी लिन सकिन्छ । यसलाई प्रयोग गरेर एयरलाइन्स कम्पनीबाट तपाईंको बारेमा पूरै जानकारी निकाल्न सकिन्छ ।

८। कुनै पनि स्थितिमा आफ्नो क्रेडिट कार्डको डिटेल्स फेसबुकमा सेयर नगर्नुहोस् । डाटा लीक हुँदा तपाईंको क्रेडिट कार्डको पूरै डिटेल्स सेयर हुनसक्छ । विदेशमा यस्ता एक दुई घटना भइसकेका छन् । फेसबुक आफैले पनि यसबारेमा प्रयोगकर्तालाई सचेत गराइसकेको छ । म्यासेन्जरमा पनि कसैलाई पनि क्रेडिट कार्डको डिटेल्स नदिनु नै राम्रो हुन्छ ।

९। यदि तपाईं नयाँ सम्बन्धको खुसी साट्न चाहानुहुन्छ भने फेसबुकमा रिलेसनशीप स्टाटस अपडेट नगर्नुहोस् । पछि यदि रिलेसनशीप स्टाटस सिंगल गरियो भने तपाईंलाई समस्या पनि पर्नसक्छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *