मेचीनगरमा एकदिने निःशुल्क फिजियोथेरापी क्याम्प
Published: (Updated: )
by .काँकरभिट्टा । मेचीनगरमा आइतबार एक दिने निःशुल्क फिजियोथेरापी क्याम सम्पन्न गरिएको छ । मखमली बचत तथा ऋण सहकारी संस्था मेचीनगर—६ द्वारा सञ्चालित मखमली फिजियोथेरापी क्लिनिक काँकरभिट्टाको आयोजना तथा मेचीनगर—६ नम्बर वडा कार्यालयको समन्वयमा फिजियोथेरापी स्क्रिनिङ क्याम्प काँकरभिट्टामा सम्पन्न भएको हो ।
वडा कार्यालय परिसरमा कुम, गर्दन, कुहिना, ढाड, घुँडा, कुरकुचा दुख्ने समस्यालगायत नशा च्यापिएको, मुख बाङ्गेको प्यारालाईसिस तथा हातखुट्ता झमझमाउने समस्याका विरामीलाई लक्षित गरी आयोजना गरीएको क्याम्पको उद्घाटन प्रमुख अतिथि वडानम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङले गरेका थिए ।
संस्थाकी अध्यक्ष राधा प्रधान कार्कीको सभापतित्वमा भएको उद्घाटन सत्रमा बोल्दै तामाङले यस्ता निःशुल्क क्याम्पले आर्थिक अवस्था न्युन भएका र आर्थिक कै कारण फिजियोथेरापीबाट बञ्चित सर्वसाधारणले राहत पाउने विचार राखेका थिए । क्याम्पमा फिजियोथेरापिष्ट डाक्टर आष्ना मर्हजन र बजरंग गोयलले सेवा प्रदान गरेका थिए । क्याम्पबाट पाँच दर्जनबढीले सेवा लिएका थिए ।
क्याम्पबाट वडानम्बर— ६ लगायत आसपासका वडावासीले समेत सेवा लिएका थिए । क्याम्पमा विशेषगरी हड्डी तथा नशा सम्बन्धिका सेवाग्राही आएको डाक्टर मर्हजनले बताईन् ।
Comments