Sajhamanch Archive

पत्रकार सम्मेलनमा उपहार र नगद नलिन नदिन पत्रकार महासंघको आह्वान

Published: (Updated: ) in विविधा by .

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ ।

महासंघ झापा शाखाको आज बिर्तामोडमा बसेको बैठकले पत्रकार सम्मेलनमा दिइने खर्च असान्दर्भिक र बिकृत रुप लिएकाले त्यस्तो खर्च नलिन पत्रकारलाई आह्वान गरेको हो । बैठक पछि अध्यक्ष तारामणि सापकोटा र सचिव सन्तोष आचार्यले जारी गरेको विज्ञप्तिमा पत्रकार मम्मेलनमा दिइने खर्चले समाचार नै नहने विषय समाचार बन्ने र वास्तविक समाचार, समाचार नबन्ने अवस्था बिकास हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तिमा पत्रकार सम्मेलनमा दिइने खर्च व्यवसायिक पत्रकारिताका लागि घातक मात्र होइन, सिर्जनशील पत्रकारिताका लागि अवरोधक पनि हो भन्ने निश्कर्ष निकालेको छ । महासंघ झापाले पत्रकारिता स्वच्छ, मर्यादित, स्वतन्त्र र व्यावसायिक बनाउने जिम्मेवारी नागरिक समाज, संघ, संस्था, सरकारी निकाय सबैको साझा भएकाले पत्रकार सम्मेलन आयोजना गर्दा वा समाचार प्रसारणका लागि कुनै उपहार, खर्च वा भत्ता वितरण नगर्न आह्वान गरेको छ ।

विज्ञप्तिमा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता २०७३ र नेपाल पत्रकार महासंघ झापाको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्न गराउन पत्रकार महासंघका सदस्यलाई आव्हान गर्दै सहयोगका लागि नागरिक समाजलाई अनुरोध गरेको छ ।
नेपाल पत्रकार महासंघ नेपाली पत्रकारको छाता संगठन हो । पत्रकारको पेशागत र भौतिक सुरक्षा गर्नु यसको प्रमुख दायित्व हो । पत्रकारतालाई समाजको ऐना, आवाज विहिनहरुको आवाज, राज्यको चौथो अङ्ग लगायतका उपमाले सम्बोधन गरिन्छ ।
नेपाल पत्रकार महासंघ झापा शाखा व्यावसायिक र निष्ठामा आधाररित पत्रकारिताप्रति प्रतिवद्ध छ । महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिता २०७३ कार्यान्वयन गर्नु महासंघको पेशागत दायित्व हो । केही समय यता सार्वजनिक रुपमा पत्रकारिताप्रति नकारात्मक टिप्पणी र आलोचना हुने गरेकोछ । पत्रकार सम्मेलन लगायतका कार्यक्रममा समाचार प्रभावित गर्ने गरी नगद लिइएको भन्ने विषयमा सार्वजनिक रुपमा हुने टिप्पणीप्रति महासंघ झापा शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *