समाचार झुटो लेख्ने अनलाईनका सम्पादक पक्राउ
Published:
by .काठमाडौं । झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको हो ।
मंसिर ८ गते पुर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल गृह जिल्ला चितवन गएका बेला उक्त अनलाईनले स्थानीयले खुकुरी प्रहारको प्रयास शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
चन्द्रविरुद्ध उजुरी नपरे पनि महाशाखाको नियमित मोनिटारिङका आधारमा उक्त समाचार भ्रमपुर्ण भएको प्रमाण फेला परेपछि पक्राउ गरिएको महाशाखा प्रवक्ता एसपी नरेन्द्र चन्दले बताए ।
अन्नपूर्ण पोष्टबाट ।
Comments