Sajhamanch Archive

चीनमा रासायनिक प्लान्ट नजिक विस्फोट, २२ जनाको मृत्यु, २२ घाइते

Published: in राष्ट्रिय समाचार, by .

उत्तरी चीनको एक रासायनिक प्लान्ट नजिक भएको विस्फोटमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य २२ जना घाइते भएका छन्।

उत्तरी चीनको हेबेई प्रान्तमा भएको विस्फोटका कारण १५ वटा घर पूर्णरूपमा नष्ट भएको छ सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। आसपासका साढे ३०० भन्दा बढी घरमा सामान्य क्षति पुगेको छ। यस्तै ३८ वटा ट्रक र १२ वटा कारमा पूर्णरूपमा क्षति पुगेको छ। आगलागी पछि भएको विस्फोटका कारण स्थानीय समय अनुसार राति १ बजे विस्फोट भएको जनाइएको छ।

स्थानीय अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। विस्फोटको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *