Sajhamanch Archive

यूरोपमा ‘प्रसाद’को उच्च माग हुनका कारण यस्तो रहेछन

Published: in टिप्स/जानकारी by .

गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘प्रसाद’को माग विदेशी बजारमा पनि उच्च देखिएको छ ।

यूरोपियन मुलुकहरुमा चलचित्रको उच्च माग भएको यसको निर्माणपक्षले बताएको छ । युरोप वितरको अधिकार लिएका सुरज कार्कीका अनुसार ११ वटा देशमा चलचित्र रिलिज पक्का भएको छ ।

उनले ११ देशमा २० शो बुक हुँदा अन्य देशबाट पनि माग बढेको बताए । डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्ट्रिया, पोर्चुगल, बेल्जियम, नर्वे लगायतका देशमा चलचित्रको प्रदर्शन पक्का भएको छ ।

चलचित्रका मुख्य कलाकार निश्चल बस्नेतको क्रेज र गीतसंगीतले मन जितेका कारण माग बढेको हो ।

दिनेश राउतले निर्देशन गरेको यो चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् ।

सुशिल पौडेलले लेखेको चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ । चलचित्रले निःसन्तान दम्पत्तीको कथालाई उठान गरेको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *