मेचीनगरको ६ नम्बर वडा खुल्ला दिशामुक्त घोषणा
Published: (Updated: )
by .मेचीनगर । झापाको मेचीनगर नगपालिका वडा नम्बर —६ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । विहीबार वडा कार्यालयमा आयोजित समारोहमा नगरप्रमुख विमल आचार्यले कार्यक्रमको उद्घाटन गर्दै वडानम्बर ६ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका थिए ।
१५ वटा वडा रहेको मेचीनगरमा अब ८ नम्बर वडामात्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको बताउँदै नगरप्रमुख आचार्यले अब केही दिनमा उक्त वडालाई पनि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेर सिङ्गो नगरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने नगरप्रमुख आचार्यले जानकारी दिए ।
कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख मिना पोखरेल उप्रेतीले नगरको ८ नम्बर वडामा अधिकाँश चिया बगान रहेको र त्यहा कार्यरत मजदुरहरुको शौचालय नहुँदा घोषणामा समस्या भएको बताईन् । बगान व्यवस्थापन पक्ष र नगरपालिकाबीच यो विषयमा भएको छलफल सकरात्मक भएकाले अब तत्कालै भएका ८ नम्बर वडा पनि खुल्ला दिशामुक्त वडा घोषणा हुने उनको भनाई थियो ।
वडाध्यक्ष ललितबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा उहाँले ं प्रस्तुत गरेको प्रतिवेदनमा वडानम्बर ६ मा ३ हजार २ सय घरधुरीहरु रहेको, नेपाल सरकारले मेचीनगर नगरपालिका मार्फत यो कार्यक्रम शुरु गर्दा करिब ४० प्रतिशत घरधुरीहरुमा मात्र मापदण्ड पुगेका शौचालयहरु निर्माण भएको, वडालाई खुल्ला दिसामुक्त बनाउने कार्यक्रमका लागि गत आर्थिक वर्ष २०७४÷७५ को वडा बजेटबाट ३ लाख र मेचीनगर नगरपालिका कार्यालयबाट थप ७५ हजार गरि जम्मा ३ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भई शौचालय निर्माण कार्य सम्पन्न भएको उल्लेख छ ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका फोकल पर्सन रुद्रवहादुर न्यौपानेलगायतले बोलेका थिए । सोहि अवसरमा शौचालय निर्माण समितिका अध्यक्ष हस्तबहादुर आङ्गदेम्बेलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव इन्दिरा खरेल ओली र स्वागत वडा सदस्य राजकुमार श्रेष्ठले गर्नुभएको थियो ।
Comments