साना किसानले ९ कठ्ठा जमिनमा आलु रोप्यो
Published: (Updated: )
by .कमल । साना किसान कृषि सहकारी संस्था चुलाचुली २ ले विहीबार एक कार्यक्रमका बीच आलु रोपेको छ ।
संस्थाले आलु विउ वृद्धि कार्यक्रम अन्तरगत ९ कट्ठा जमिनमा बिटी, चन्द्रमुखी , साईन, एक्सोना, टिपिएस र डेजिरे जातका आलु रोपेको चुलाचुली गाउँपालिका कृषि बिकास शाखाका प्रमुख अनिल कुमार तिम्सिनाले जानकारी दिए ।
संस्थाकी अध्यक्ष हेमकला बस्नेतको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले आलुको बजार राम्रो भएकोले यसमा आलु खेती सफल पार्न सबै लाग्नु पर्ने बताए ।
त्यसैगरी कार्यक्रमका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले अवका दिनमा निर्वाह मुखी भन्दा पनि व्यवसाय मुखी हुन संस्थाका सदस्यलाई अनुरोध गरे । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष रणबहादुर राईले भारतबाट आलु ल्याउदा करोडौ मुल्य विदेश जाने भएकोले त्यसलाई रोक्न पनि यस्ता कार्यक्रम सहयोगी हुने बताए ।
कार्यक्रमलाई सस्थाका सह व्यवस्थापक बेदप्रकास ढकालले सन्चअलन गरेका थिए ।
Comments